कञ्चनपुर : नेकपा एकिकृत समाजवादी पार्टी कञ्चनपुरले बाढीपीडितका लागि रक्तदान गरेको छ । शनिबार जिल्ला पार्टी कार्यालय कञ्चनपुरको महेन्द्रनगरमा समाजवादीले बाढीपीडितका लागि रक्तदान गरेको हो । नेकपा समाजवादी पार्टी कञ्चनपुरका उपसचिव रबिन्द्र कुँवरले बाढीपीडित नागरिकमा आउनसक्ने स्वास्थ्य समस्यालाई मध्य नजरगर्दै रक्तदान कार्यक्रम गरिएको बताए ।

उनका अनुसार १५ जना नेता कार्यकर्ताले रक्तदान गरेका छन । कार्यक्रममा नेकपा एकिकृत समाजवादीका स्थायी कमिटि सदस्य उर्वादत्त पन्त, भानुभक्त जोशी, सुप प्रदेशका अध्यक्ष विक्रम शाही, समाजवादी कञ्चनपुरका इन्चार्ज एव प्रदेशकामन्त्री लाल बहादुर खडका, प्रदेशका मन्त्री दिर्घ सोडारी, समाजवादी कञ्चनपुरका युवा नेता हरक सिह धामीले रक्तदान गरेका नेता कार्यकर्ताहरुलाई प्रमाण पत्र वितरण गरेका थिए ।

बाढि प्रभावित समयका बेला रगत अभाव भएका बेला समाजवादीले गरेको रक्तदानले टेवा पुग्ने रेडक्रस कञ्चनपुरले जनाएको छ ।







