विद्यालय सुधारका लागि शिक्षकलाई जिम्मेबारी


कञ्चनपुर : कञ्चनपुरको एक सामुदायिक विद्यालयले शैक्षिक गुणस्तरबृद्धिका लागि शिक्षकलाई विभिन्न जिम्मेबारी दिएको छ । भीमदत्त नगरपालिका १९ बागफाँटाको लक्ष्मी माध्यामिक विद्यालयले शिक्षकलाई विभिन्न जिम्मेबारी दिएको हो । विद्यालयका प्रअ प्रमानन्द नाथले ग्रामिण भेगको सामुदायिक विद्यालयको स्तरबृद्धिका लागि शिक्षकलाई जिम्मेबारी दिईएको बताए । उनका अनुसार शिक्षकलाई विभिन्न जिम्मेबारी सहित विद्यालयमा खुवाईने दिवा खाजा थप व्यवस्थापन गर्ने, पठन पाठनलाई नियमित र प्रभावकारी बनाउन शिक्षकले मिलेर कामकाज गर्ने, शिक्षक र विद्यार्थी तोकेको पोषाक अनिवार्य गर्ने, शिक्षक कर्मचारीको परिचय पत्र बनाउनेदेखि मासिक शिक्षक कर्मचारी कोष स्थापना गर्ने निर्णय गरिएको छ ।

शिक्षकहरुलाई विभिन्न जिम्मेबारी दिईएको हो । प्रेम प्रकास जोशी र कृष्ण बहादुर शाहलाई सहायक प्रअमा नियुक्त, टेकराज भट्ट माध्यामिक तह संयोजक, दिलिपक भण्डारी आधारभूत(६–८), विमला भट्टलाई आधारभूत(१–५), हिरा जोशीलाई विद्यालय समुदाय सम्बन्ध सुधार संयोजक, ज्योति बोहरालाई जुनियर रेडक्रस सर्कल शिक्षक नायक, गिता बम ईको क्लब, रामदत्त विष्ट अतिरिक्त खेल संयोजक, दिलिप भण्डारी खेलकुद संयोजक, दिवा खाजा कार्यक्रम हरि कुमार पाण्डे र बाल क्लब संयोजक लक्ष्मी बाह(बम)लाई जिम्ेमबारी दिएको छ । विद्यालयको चौतर्फि सुधारका लागि शिक्षकलाई दिएको जिम्मेबारी प्रभावकारी हुने र शिक्षकले समेत कर्तव्य बोध गर्दै शैक्षिक सुधारमा काम गर्ने अपेक्षा गरिएको छ ।


ताजा समाचार

spot_img