धनगढी : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा राष्ट्रिय जनगणना सम्बन्धि मिडिया सचेतना कार्यक्रम सम्पन्न भएको छ । मिडिया एक्सन नेपालको आयोजनामा शुक्रबार एक कार्यक्रमका बिच जनगणना सम्बन्धि मिडिया सचेतना कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सुदूरपश्चिम प्रदेश भरिका विभिन्न सञ्चार माध्यममा आबद्ध सञ्चारकर्मी सँग जनगणना सम्बन्धि विभिन्न कुरामा छलफल गरिएको थियो ।

जनगणनाको समयमा सञ्चार माध्मयमा आबद्ध सञ्चारकर्मीले जनगणनाको विषयक रिपोर्टिङ कसरी गर्ने र जनगणनामा सञ्चार क्षेत्रको भुमिका बारे छलफल भएको मिडिया एक्सन नेपालका अध्यक्ष डाक्टर लक्ष्मण दत्त पन्तले बताए । उनका अनुसार जनगणनाको बखत सञ्चारकर्मीलाई विभिन्न समस्या तथा अप्ठ्यारा सृजना हुने भएकोले कार्यक्षेत्रमा गएर जनगणना विषयक रिपोर्टिङ गर्न सहज होस् भनेर जनगणना विषयक मिडिया सचेतना कार्यक्रम गरिएको हो । कार्यक्रममा राष्ट्रिय जनगणना विभागमा उपनिर्देशक, मिडिया एक्सन नेपालका अन्य अधिकारी लगायत विभिन्न जिल्लाबाट आएका सञ्चारकर्मीको सहभागिता रहेको थियो ।







