प्रधानमन्त्री समक्ष तटिय क्षेत्रका जनप्रतिनिधीले भने, ‘गुणस्तहिन सडक बनाउने ठेकेदारमाथि छानबिन होस’


कञ्चनपुर : प्रधानमन्त्री शेर बहादुर देउवाले बाढीपीडितका लागि राहत व्यवस्था गर्ने बताउनु भएको छ । शुक्रबार बिहान भीमदत्त नगरपालिका १२ ऐरी स्थित महाकाली नदीले कटानी गरेको क्षेत्रको स्थलगत अवलोकन गर्दै प्रधानमन्त्री देउवाले काठमाण्ठौँ फर्किए लगत्तै राहतको व्यवस्था गर्ने बताउनुभएको हो ।

देउवाले वाढिका कारण कैलाली कञ्चनपुरका किसान मारमा परेको बताउँदै वाढीबाट भएको धनजनको ठुलो क्षति बेहोर्नु परेको बताए । कार्यक्रममा महाकाली तटिय क्षेत्रका जनप्रतिनिधीले प्रधानमन्त्री समक्ष महाकाली पुल निर्माण कम्पनीले तटबन्ध बिनै गुणस्तहिन सडक निर्माण गर्दा भत्किएको बताएका छन । भीमदत्त नगरपालिका १३का वडाध्यक्ष लाल बहादुर शाहीले पुल निर्माण कम्पनीको लार्पर्बाहीका कारण भीमदत्त नगरपालिका ११, १२ र १३का विभिन्न वडाहरुमा डुवानमा परेको भन्दै वालुवा राखेर भत्किएको सडक बारे छानबिन गर्न माग गरे ।

अध्यक्ष शाहीले वाढीपीडितका लागि राहतको व्यवस्था गर्नुपर्ने, महाकाली नदीमा पक्की तटबन्ध निर्माण गर्नुपर्ने माग अघि सारेका छन । प्रधानमन्त्री सगै अर्थमन्त्री जनार्दन शर्मा (प्रभावकर), पर्यटनमन्त्री प्रेमआले, प्रतिनिधी सभा सदस्य बिना बुढाथोकी, पुर्वमन्त्रीद्वय एनपी साउद र रमेश लेखक सहितले कटान क्षेत्रको स्थलगत अनुगमन गरेर फर्किएका छन ।


ताजा समाचार

spot_img