विपी स्मृति क्रिकेट प्रतियोगिता शुरु, आरबी स्पोर्टसको विजयी यात्रा


कञ्चनपुर: कञ्चनपुरको तिलाचौरमा चौथो विपी स्मृति क्रिकेट प्रतियोगिता शुरु भएको छ । शुक्रबारदेखि भीमदत्त नगरपालिका ८ तिलाचौरको त्रिभुवन माविको प्राङगणमा प्रतियोगिता शुरु भएको हो । न्यू हिमालयन सामाजिक सेवा समितिका संस्थापक अध्यक्ष तथा काँग्रेस नेता समेत रहेका विष्णू प्रशाद मिश्रको स्मृतिमा क्रिकेट प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगिताको एक कार्यक्रमका विच काँग्रेस केन्दीय सदस्य तथा पुर्वमन्त्री रमेश लेखकले उद्घाटन गर्दै खेलमा राजनीतिक जस्तो नहुने र हार जित दुवै स्वीकार हुनुपर्नेमा जोडदिए ।

प्रतियोगिता उद्घाटनकै दिन आरबी स्पोर्टसको विजयी यात्रा शुरु गरेको छ । आरबी स्पोर्टसले युवा क्लब गड्डाचौकीलाई ७३रनले हराउँदै जितको यात्रा तय गरेको हो । युवा क्लबले ५८रनको टार्गेट दिएको थियो । आरबी स्पोर्टले १ सय ३१ रन बनाएको थियो । आरबीका खेलाडी दिपक चन्द म्यान अफ द म्याच घोषित भएका छन । सस्थाका संस्थापक अध्यक्ष मिश्रको क्रिकेट खेलमा रुची भएकाले संस्थाले उनकै स्मृतिमा प्रतियोगिता गरिन लागिएको आयोजकले जनाएको छ । न्यू हिमालयन सामाजिक सेवा समितिका अध्यक्ष मदनराज मिश्रले प्रतियोगिताको तयारी तिव्रत्तर रुपमा भईरहेको बताए । उनका अनुसार प्रतियोगितामा १३ टिमको सहभागिा रहेको छ ।

क्रिकेट क्षेत्रको विकासका साथै संस्थापक अध्यक्ष मिश्रको स्मृतिमा हुने प्रतियोगिताका विजेता टिमलाई नगद एक लाख, उप बिजेता ४५ हजार ट्रफि मेडल दिईनेछ । वेष्ट बलर, म्यान अफ द म्याच, बढि छक्का प्रहार गर्ने खेलाडी, उत्कृष्ठ खेलाडीलाई समेत पुरस्कार पुरस्कार दिईनेछ ।


ताजा समाचार

spot_img