दोधारा चाँदनीमा नदीको भंगालो बस्तीमा पसेपछि धान खेतमै नष्ट

दोधारा: महाकाली र जगबुडा नदीको भंगालो बस्तीमा पसेपछि दोधारा चाँदनीका दर्जनौं किसानहरुको धान नष्ट भएको छ । आइतवार राति देखिको अविरल वर्षा संगै नदीको भंगालो दोधारा चाँदनी नगरपालिका वडा नं. १० को शान्ती टोल, बैतिफाँटा, निशानी टोल कुतियावकर, प्रधान टोल लगाएत टोलहरुमा पसेपछि धानबाली नष्ट भएको छ् ।

नदीमा आएको बाढी घर भित्र पस्दा लत्ताकपडा, अन्नपात तथा आवश्यक सामग्री पुर्णरुपमा नष्ट भएपछि स्थानियहरु चिन्तीत भएका छन् । मौसमी वर्षाको कारण नदीमा बाढी आएको कारण खेतमा काटेर सुकाउनका लागि राखिएको धान भित्राउन नपाउदै नष्ट भएपछि किसान मारमा परेका छन् । खेती भित्राउने बेला अचानक अविरल वर्षा संगै बाढी आएपछि धान खेतीमै जीवन निर्वाह गर्दै आएका किसानलाई मारमा परेको छ ।

स्थानिय मोहन सुनार आफूले लगाएको सम्पूर्ण धानबाली संगै घरको अन्नवात नष्ट भएको र आफ्नो परिवारको बिचल्ली हुन लागेको बताएका छन् । नदीको भंगालो घर भित्र पसेपछि सुनार लगाएत दोधारा चाँदनी–१० का दर्जनौं घरमा क्षती पुऱ्याउनुको साथै अन्नपात बगाएको छ् । घरमा भएको अन्नपात संगै शान्ती टोल, बैतिफाँटा, निशानी टोल कुतियावकर, प्रधान टोल लगाएत टोलहरुका स्थानिय किसानहरुको दर्जनौं बिघा जमिनको धान काम नलाग्ने भएको छ् । घरमा भित्र्याउन ठिक्क पारेको धान बाढीले किसानहरु मर्माहत भएका छन् भने आगामी दिनमा भोकमरी हुने चिन्ताले किसानलाई सताएको छ ।

ताजा समाचार