दोधारा चाँदनीको बस्तीमा नदीको भंगालो पसेपछि लाखौंको धनमाल क्षती (फोटो फिचर)

दोधारा । किसानका बाली नष्ट हुनु भनेको उनीहरुको मात्र गाँस खोसिनु हैन । किसान कर्म नगरेपनि अरु कर्म गरेर पैसा आर्जन गर्ने र किसानबाट सिता किनेर गाँस खानेहरु पनिको अन्न खोसिएको हो । अहिले किसानले खतमा बगाइरहेका आाशुले हामी सबैलाई स्तब्ध बनाएको छ् । अधिकांश स्थानमा धान काटेर उठाउने बेला भएको थियो । कति खेतहरुमा धान काटेर राखिएको थियो । काटेको डुबाएन मात्र बोकेको धान बाला सम्म पानीले डुबेर खेतमा नै सोतर बनेको छ् । उठाउन मिल्ने अवस्था नै छैन । यो बर्षको यतिबेलाको बर्षाले हामी नेपालीको गाँस खोसेको छ् । आईतबार राति देखि परेको अविरल वर्षाका कारण पूर्वी तराई, मध्य तराई र सुदूरपश्चिम प्रदेशमा बाढी र डुवानले कयौं क्षेत्रमा धान बाली डुबेको छ् ।

केही स्थानमा धान बगाएर लगेको छ भने केही स्थानमा बाढीको लेदोले पुरेको छ । निरन्तर वर्षाका कारण डुबानमा परी कैलाली र कञ्चनपुरका किसानले खेतबारीमा लगाएको तरकारी बाली र धान फेरी उठानै नमिल्ने गरी नष्ट भएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. १० अधिकांश बस्तीमा महाकाली र जगबुडा नदीमा आएको बाढीले धनमाल तहस नहस बनाएको छ् । दोधारा चाँदनी नगरपालिका–१० को कुतियावकर, बैतिफाँटा, शान्ती टोल, प्रधान टोल लगाएत टोलहरुमा घरहरुमा बाढीको पानी पसेर तहस नहस बनाएको छ् । झण्डै ४ घरधुरी बाढीको कारण बिस्तापित बनेको स्थानियहरुले आंकलन गरेका छन् ।

खेतमा रहेको धान, घरमा रहेको अन्नपात, लत्ता कपडा लगाएत धनमाल बाढीको चपेटामा परेको छ् । बाढी बस्तीमा पसेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानियहरु उद्धार कार्यमा जुटेका हुन् । बाढीको कारण ३ सय १० घरधुरी अम्बिका माध्यमिक बिद्यालयको आश्रयमा बस्दै आएका छन् । उनिहरु सबैलाई दोधारा चाँदनी नगरपालिकाले खाना र बस्नको प्रबन्ध मिलाएको छ् । बाढी घरमा पसेपछि स्थानियहरुको चौपाया मरेका छन भने घरमा बाढी पसेर तोडफोड गरेको स्थानियबासी राजिव खड्काले बताएका छन् ।

उनका अनुसार अझै सम्मको बिकराल बाढी भएको बताए । दर्जनौं किसानहरुको तरकारी, धान बाढीले नष्ट गरे संगै अबका दिनहरुमा के खाएर बस्ने भन्ने प्रमुख चिन्ताले सताएको छ् । कुतियावकर, बैतिफाँटा, शान्ती टोल, प्रधान टोल लगाएत टोलहरुका तस्वीर हेर्दा नै जो कोही भावविह्ल बन्छन् ।

ताजा समाचार