महाकालीको वितण्डा : पिपरैया क्षेत्रमा घरगोठ भत्काउँदै


कञ्चनपुर: महाकाली नदीको पानीको सतह बृद्धिसंगै तटिय क्षेत्रका जनता डुवान मात्र नभई घरगोठ, व्यवसायीक संरचना समेत भत्किन लागेका छन । भीमदत्त नगरपालिका ९, १०, ११, १२, १३ महाकाली नदी तटिय क्षेत्रका स्थानीयका घर गोठ भत्किन लागेका हुन । महाकाली नदी गाँउ पसेसंगै तटिय क्षेत्रका स्थानीयका घर गोठ र व्यवसायीक संरचना भत्किन लागेको स्थानीय बताँउछन ।

भीमदत्त नगरपालिका १३का स्थानीय युवा समाजसेवी छत्र बहादुर देउवा(सन्जु)ले नदी गाँउ पसेसंगै तटिय क्षेत्रका जनता मारमा मात्र नभई धनजनको क्षतिको सामना गरिरहेको बताए । समाजसेवी देउवाका अनुसार दिउँसो ३ बजेसम्म चन्द्र पाल र उद्धव चन्दका कुखुराखोरमा पानी पसेर कुखुरा नष्ट भएका छन । जनक थापाको पक्की घर भत्किदै छ ।

भने लिला भाट, तारा भाट, उज्जल सिह ठगुन्ना, खेम सिह ठगुन्ना, धन बहादुर ठगुन्ना, बिर ब. लुहार, विक्रम सुनारको घर तथा गोठ भत्किएको छ । ‘तटिय क्षेत्रका वाढि प्रभावित जनतालाई खाद्यान्न समस्या भईरहेको छ, ‘उनले भने, ‘यसमा सरकारी निकायबाट केही राहत, उद्दार हुनुपर्छ ।’


ताजा समाचार

spot_img