बीमा क्षेत्रमामा ईतिहास रच्दै बसन्त राना


कञ्चनपुर : तत्कालीन झलारि गा.बि.स (अर्जुनिगाउँ) बाट बसाइँ सराई भई भिमदत्त नगरपालिका (महेन्द्रनगर) वार्ड न १४/१६ अर्जुनि नया कटानमा बसोबास गरिरहेका बसन्त राना आफ्ना  बुवाका ४ भाईमध्ये सबैभन्दा जेठो भाईको जेठो छोरा हुन।करिव आज भन्दा २ दशक अगाडि फर्केर हेर्दा उहाँ जब भर्खरै एस।एल।सि पास गरेर कक्षा ११/१२ पढ्नका लागि तत्कालिन सिद्धनाथ बहुमुखी क्याम्पस हालको सुदुरपश्चिमान्चल विश्वबिद्यालय केन्द्रीय क्याम्पस जादा कहिले कापि किताब किन्न समस्या हुन्थ्यो भने कहिले स्कुल ड्रेसको समस्या त कहिले आफू चढ्दै आएको साईकल बिग्रे मर्मत गर्न गोजिमा पैसा  नहुदा डोरयाउदै घर सम्म आउनुपर्ने बाध्यता । राना समुदाय बाट एक कर्मनिष्ठ होनहार एवम् मेहनति युवा बसन्त रानाले यी बिबिध अवरोधका बावजुद पनि प्रबिणता प्रमाणपत्र तह पास गरे।
घरमा आफू भन्दा पछाडि २ भाइ लगाएतको जिम्मेवारी पनि वसन्त रानाको काधमा थियो। फलस्वरूप  १७/१८ वर्ष अगाडि उहाले मातृृभुमि बाट कोसौ दुर बिदेशको भुमिमा गई पसिना बगाउने निर्णय लिए र कुवेत हानिए। मेहनत लगनशिलता र ईमानदारीताका कारण उहाले बिदेशमा समेत आफ्नो एउटा छुट्टै पहिचान बनाउन सफल भए ।
२ बर्ष अगाडि कम्पनीको नियमअनुसार उहाँ बिदामा घर नेपाल फर्किएका बेला अचानक बिश्वब्यापी रुपमा कोरोना कोभिड-१९ को संक्रमणले सारा बिश्व नै आक्रान्त बनेको समयमा कार्यरत कम्पनिले पनि बिदामा रहेका आफ्ना कामदारहरुलाई रोगको संक्रमणदर कम नहुन्जेलसम्मका लागि नबोलाउने सुचना जारि गरेको थियो। तर उहाको कार्यशैलि ईमानदारीता र मेहनतको पहिचानका कारण घर बस्दा पनि कम्पनिले खाईपाई आएको तलबको ५०५ तलब उहालाई निरन्तर उपलब्ध गराईरहेको कुरा बसन्त राना संगै एउटै कम्पनिमा काम गर्ने बिक्रम लामा बताउछन् ।
बसन्त रानाको लागि २०७७ सालको असोज  महिना एउटा नया अवसर लिएर आएको रहेछ भन्दा यहाँ अन्यथा नहोला।  असोज महिनाबाट बीमा अभिकर्ताको रुपमा नेशनल लाइफमा जोडिन पुगे बसन्त राना, संसार कोभिडका कारण आक्रान्त बनिरहेको  समयमा राना भने गाउघरका ती निम्न आय एवम् आर्थिक रुपमा कमजोर परिवारलाई उनिहरुकै भबिष्यका लागि र परिवारको आर्थिक सुरक्षाका लागि भनेर बचत गर्न सिकाउन गाउँ गाउँ घरघर पुगिरहेका हुन्थे। जब बिस्तारै कोभिड-१९ को संक्रमण दर घट्दै गयो त्यस पछि उहालाई कार्यरत कम्पनिले आफ्नो कार्य क्षेत्रमा फर्किनका लागि सुचना जारि गर्यो र उहाँ कुवेत फर्किए । उहाले बिदेशि भुमिमा रहदै गर्दा पनि आफुले १ बर्ष अगाडी बाट शुरुआत गरेको ब्यावशायिक अभियानलाई भने निरन्तरता दिईरहेका छन ।
यस कार्यमा लाग्नका लागि उहाले नेशनल लाईफ ईन्स्योरेन्स कम्पनि महेन्द्रनगर शाखाबाट संचालनल गरिएको आधारभुत बिमा अभिकर्ता तालिममा सहभागी हुने अवसर पनि गत बर्षको असोजमामात्रै साईत जुरेको थियो भन्नू पर्दा अतियोक्ति नहोला। एक बर्षको दौरानमा आफ्नो पेशालाई निकै सम्मान गर्दै कम्पनिले ल्याएका हरेक स्किम योजनामा सहभागी हुदै सफलता  हाथ पार्दै  आइरहेका राना नेशनल लाईफ ईन्स्योरेन्स कम्पनीको महेन्द्रनगर शाखाबाट शाखा स्थापना काल देखिको  ईतिहास रच्दै कम्पनीमा आबद्ध भएको छोटो समयमा नै बिश्वका व्यावसायिक अभिकर्ताहरुको छाता संगठन MDRT मा क्वालिफाई हुन सफल भएका छन। नेशनल लाईफ नेपालकै पहिलो र अग्रणि जीवन बीमा कम्पनि हो। यस कम्पनीको प्रबर्द्धक सरकारको पुर्ण स्वामित्व रहेको राष्ट्रिय बाणिज्य बैक रहेको छ भने बोनसदर पनि उच्च रहेको छ। कम्पनीको आफ्नै एउटा छुट्टै पहिचान र बिमितको बिश्वासले गर्दा आज मैले यो सफलता प्राप्त गर्दै गर्दा आफ्नो पेशा पर्ति पूर्ण सन्तुष्ट रहेको र ब्यावशायिक रुपमा मलाई कम्पनीमा आबद्ध गराउनु हुने कम्पनीका सिनियर बिजनेस म्यानेजर एवम् स्थानिय अविभावक राजेन्द्र बहादुर चन्द लाई पनि बिशेष धन्यवाद दिन चहेको रानाले बताए ।

ताजा समाचार

spot_img