दशैँको अवसरमा अनाथालय र बृद्धआश्रममा फलफुल खाद्यान्न वितरण

कञ्चनपुर: दशैँको अवसरमा कञ्चनपुरका अनाथ बालबालिका र असाहय बृद्धबृद्धालाई फलफुल तथा खाद्यान्न वितरण गरिएको छ । बजंरणी युवा क्लब महेन्द्रनगरले दशैँको अवसरमा कञ्चनपुरका अनाथ बालबालिका र असाहय बृद्धबृद्धालाई फलफुल तथा खाद्यान्न वितरण गरिएको हो ।

बजंरणी युवा क्लबका अध्यक्ष तुल बहादुर थापाले समाजिक कार्यका लागि अनाथ बालबालिका खाद्यान्न तथा फलफुल वितरण गरेको बताए । उनका अनुसार महाकाली अञ्चल बाल अनाथालय, बृद्धसेवा केन्द्र बनखेत, बैजनाथ जेष्ठ नागरिक सेवा केन्द्रमा बस्दै आएका जेष्ठ असायक नागरिक एव बालबालिकालाई फलफुल तथा खाद्यान्न वितरण गरेको हो ।

दशैँ तिहारका बेला बजंरणी युवा क्लबले सम्झिएको भन्दै अनाथालय र महिला बृद्ध सेवा केन्द्र हर्षित भएका छन ।

ताजा समाचार