प्रसुतिका क्रममा महिलाको मृत्यु बच्चाको स्वास्थ्य अवस्था समान्य


कञ्चनपुर : महाकाली प्रादेशिक अस्पतालमा एक महिलाको प्रसुतिका क्रममा ज्यान गएको छ । शनिबार कञ्चनपुरको बेदकोट नगरपालिका सुन्दरपुर ९ बस्ने बर्ष २४ की भागरथी धामीको मृत्यु भएको हो । पाठेघरमा सालनालको समस्या भए पछि चिकित्सकले तत्काल अप्रेसन गरी बच्चालाई बचाउन सफल भएपनि आमालाई बचाउन नसकेको मेडिकल सुपरिटेन्डन्ट डा. हरिकुमार श्रेष्ठले बताए ।

अक्सिजनको मात्रा कम भएपछि शनिबार बिहान १ बजे सुत्केरीको मृत्यु भएको हो, बच्चाको स्वास्थ्य अवस्था समान्य रहेको डा. श्रेष्ठले बताए । तर मृतकका आफन्तले चिकित्सकको लापरवाहीका कारण महिलाको मृत्यु भएको आरोप लगाएका छन । मृतक महिलाका श्रीमान जितेन्द्र धामीले डा. सोमनाथ भण्डारी संग नियमित चेकजाच गराउदा कुनै समस्या देखिएको थिएन । प्रसुतिको समय असोज २९ गतेको भए पनि चाडो बेथा लागे पछि अस्पतालमा भर्ना पछि अचानक स्वास्थ्यमा समस्या देखिएकोले अप्रेसन गर्नु पर्ने भन्दै ब्लडको ब्यवस्था गर्न भन्यो । केही बेर मै डा.ले अप्रेसन पछि बच्चालाई बचाउन सफल भएपनि महिलाको स्वास्थ्यमा जटिलता आएको भन्दै आसियुमा राखियो ।

राती १ बजे महिलालाई बचाउन नसकेको खबर सुनाएको धामीले बताए । सहायक प्रमुख जिल्ला अधिकारी केसव भण्डारीको उपस्थितिमा मुतकका आफन्त र अस्पताल प्रशासनको छलफलमा मृतकका आफन्तले सत्यतथ्य छानविन गरी दोषीलाई कारवाहीको माग गरेका छन ।


ताजा समाचार

spot_img