कञ्चनपुर: मोटरसाईकल दुर्घटनामा गरि एमाले निकट युवा संघ बेलौरीका नेताको मृत्यु भएको छ । शुक्रबार महेन्द्रनगरमा राष्ट्रिय युवा संघको कार्यक्रम सहभागि भएर घर फर्किने क्रममा बेलौरी–कलुवापुर सडकखण्ड अन्र्तरगत मैनाहमा मोटरसाईकल दुर्घटनामा परि रकम शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शाहीसंगै रहेका अर्का राष्ट्रिय युवा संघका नेता नवराज शाहीलाई थप उपचारका लागि धनगढी रिर्फर गरिएको छ । घटना स्थलदेखि अस्पतालमा बेलौरीका मेयर पोतिलाल चौधरी सहित एमाले नेता, राष्ट्रिय युवा संघका नेता कार्यकर्ता, एव आफन्त आएका छन । घटनासंगै आफन्त शोकमा परेका छन ।

