मझगाँउ विमानस्थल शुचारुका लागि भीमदत्त नगरपालिकाद्वारा साढे तीन करोड


कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिकाले बन्द रहेको मझगाँउ विमानस्थल शुचारुका लागि साढे तीन करोड सहयोग गरेको छ । भीमदत्त नग।पालिकाले नेपाल नागरिक उड्डान प्राधिकरणलाई साढे तीन करोड आर्थिक सहयोग गरेको हो ।

भीमदत्त नगरपालिकाले गत आर्थिक बर्षमा १ करोड र चालु आर्थिक बर्षको तेस्रो महिनामा दुई करोड ५०लाख रुपैया प्राविधिकरणको खातामा दाखिला गरेको छ । भीमदत्त नगरपालिका मेयर सुरेन्द्र विष्टको सचिवालयका अनुसार चुनावी प्रतिबद्धता अनुरुप मेयर विष्टले बन्द रहेको विमानस्थल शुचारुका लागि राजनीतिक, प्रशासनिकका साथै आर्थिक रुपमा समेत सहयोग गरेका छन ।


ताजा समाचार

spot_img