जनसेवा श्री पदक विभुषित विद्यालयका अध्यक्ष भट्टलाई सम्मान


कञ्चनपु: जनसेवा श्री पदकबाट विभुषित भएका निङलाशैनी माध्यामिक विद्यालयका अध्यक्ष निरन्जन प्रशाद भट्टलाई सम्मान गरिएको छ । मंगलबार विद्यालयले आयोजना गरेको कार्यक्तममा अध्यक्ष भट्टलाई सम्मान गरिएको हो । विद्यालयको भौतिक शैक्षिक विकासमा अध्यक्ष भट्टले उच्च योगदान पु¥याएको भन्दै विद्यालयले दुबोको माला सहित खादा ओढाएर सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि भीमदत्त नगरपालिका शिक्षा शाखा प्रमुख हरिदत्त जोशी, विद्यालयका प्रअ भवानी पन्तले खादा ओढाएर सम्मान गरेका हुन ।

प्रअ पन्तले भट्टले विद्यालय व्यवस्थापन समितिको अध्यक्ष सम्हालेदेखि विद्यालयको भौतिक, प्रविधि लगायतको विकासमा उच्च भूमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको बताए । कार्यक्रममा विद्यालयका पुर्व प्रअ विष्णूदत्त बडूद्वारा लिखित हारमोनियम संगीत ज्ञानामालाको विमोचन गरिएको थियो । कार्यक्रममा कक्षा १२का विद्यार्थीको विदायी तथा ११का विद्यार्थीको स्वागत गरिएको थियो । कार्यक्तममा निङलाशैनी विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष प्रेमसिह भाट, स्थानीय बुद्धिजिवी एव अधिवक्ता पदमराज भट्ट, निङलाशैनी भुतभूर्व विद्यार्थी समाजका अध्यक्ष महेश चन्द लगायतले विद्यालयको बृद्धि विकासका विषयमा शुभकामना व्यक्त गरेका छन ।

विद्यालयबाट सम्मानित भएका अध्यक्ष भट्टले विद्यालयको शैक्षिक विकासका लागि आफ्नो क्षेत्रबाट अध्यक्ष हुँदा वा नहुँदा समेत पहल गर्ने बचन दिएका छन । निर्माण व्यवसायी समेत रहेका भट्टले समाजिक क्षेत्रमा उच्च योगदान गरेको भन्दै उनलाई संविधान दिवसका अवसरमा सरकारले जनसेवा श्री पदकबाट विभुषित गरेको थियो । भट्ट काँग्रेस क्षेत्र नम्बर ३बाट महाधिवेशन प्रतितिनधीका सम्मेदवार समेत हुन । कार्यक्तममा प्रमुख अतिथि भीमदत्त नगरपालिका शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले सामुदायिक विद्यालयको बृद्धि विकासका लागि समुदाय शिक्षकको भूमिमा अहम हुनुपर्नेमा जोडदिए ।


ताजा समाचार

spot_img