सिद्धनाथ मन्दिरका घाट घण्टी बिक्रि बिरुद्धमा हिन्दुवादीको हस्ताक्षर अभियान


कञ्चनपुर: कञ्चनपुरको सिद्धनाथ मन्दिर विकास समितिले सेटिङ्ग गरेर गैर कानुनी रुपमा झक्तजनले मन्दिरमा चढाईएका घाटघण्टी विक्रि वितरण बिरुद्धमा हिन्दुवादीले महेन्द्रनगरमा हस्ताक्षर अभियान शुरु गरेका छन । विश्व हिन्दु गौरक्षा अभियानले सोमबारदेखि महेन्द्रनगरमा घाटघण्टी विक्रि वितरण बिरुद्धमा हस्ताक्षर अभियान शुरु गरेका हुन । विश्व हिन्दु गौरक्षा अभियानका संयोजक चक्र्रदेव जोशी (सल्याल)ले भक्तजनदर्शनार्थीले आस्थाका लागि भगवानलाई चढाएका घाटघण्टी बिक्रि वितरण बिरुद्धमा नागरिकको हस्ताक्षर संकलन गरेर सरकारलाई बुझाईने बताए ।

‘तीन दिनसम्म हस्ताक्षर संकलन गछौँ, ‘उनले भने, ‘चौथो दिन बिहीबार प्रशासन मार्फत कार्बाहीका लागि सरकारलाई ज्ञापन पत्र बुझाउँछौँ ।’ हिन्दुधर्मका अगुवा कृष्णानन्द भट्टले गौरक्षाका नाममा भएको अनियमितता, सिद्धनाथ मन्दिरको घण्टी प्रंकरण र सरस्वती माताको ताम्राकार प्रकरण बिरुद्धमा हस्ताक्षर संकलन गरिएको बताए । विश्व हिन्दु गौरक्षा अभियानले धर्म र समाजसेवाका नाममा लुट मच्चाउनेमाथि छानबिन गरेर कार्बाही नगरि विश्व हिन्दु गौरक्षा अभियानले नै कार्बाही गर्ने चेतावनी दिए । भीमदत्त नगरपालिका ४ महेन्द्रनगरमा रहेको सिद्धनाथ मन्दिर विकास समितिले गैर कानुनी रुपमा धर्मालम्बीले मन्दिरमा चढाईएका घाटघण्टी एक भारतीय नागरिक मार्फत महेन्द्रनगरको न्यू ठकुराठी ब्रदर्श भाँडावर्तन पसलमा बिक्रि गरेका थिए ।

लाखौँ मुल्य पर्ने काँस, पित्तल, धातुले बनेका घाटघण्टी कौडीका भाउमा बिक्रि गरेपछि त्यसको चौतर्फि बिरोध भएको छ । धर्मका नाममा राजनीतिक र आर्थिक लाभमा लिप्त भएको स्थानीयको बुझाई छ । दर्शनार्थी, झक्तजनले आस्थामा रुपमा चढाईएका घाट,घण्टी त्रिशुली कौडीको भाउमा बेच्ने धर्म र आस्थामाथि प्रहार गर्ने काम भएको भन्दै दर्शनार्थीहरुले चर्को बिरोध गरेका छन । यसरी धार्मिक क्षेत्रमा रहेका बस्तु एव चढाईएका समाग्री कौडीको भाउमा बेच्ने खरिद गर्ने कार्य धर्ममाथि प्रहार आर्थिक रुपमा अनियमितता भएको भन्दै स्थानीयको कार्बाहीको माग अघि सारेका छन । मानिसको आस्थाका आधारमा भाकल गरेर राखेका घाटघण्टी बेच्ने खरिद गर्न नपाईने भएकाले सो प्रकरणमा प्रंहरीले निष्पक्ष छानबिन गरेर दोषि उपर कार्बाही गर्र्नुपर्ने धार्मिक आस्थावान पक्षको माग छ ।


ताजा समाचार

spot_img