दोधारा । प्रहरीले दोधारा चाँदनी नगरपालिकामा ‘तपाईंको मास्क खै’ अभियान सञ्चालन गरेको छ् । लकडाउन हटेपनि कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकोले ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले सचेतना अभियान अन्तर्गत यो अभियान चलाएको हो । सर्वसाधारण मास्क बिनानै बाहिर निस्कने थाले संगै सम्ुदाय स्तरमा कोरोना संक्रमण देखिदै गर्दा ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले स्थानीयहरु संग सहकार्यमा ‘तपाईंको मास्क खै’ अभियान थालिएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीको फेसबुक पेजमा जनाएको छ् । संक्रमणको जोखिम भइरहादा पनि सर्वसाधारणले लापरवाही गर्न थालेपछि नागरिकको सुरक्षा बाहेक सचेतना पनि आफ्नो कर्तव्य ठानेर अभियान चलाइएको प्रहरकिो भनाई रहेको छ् ।
सर्वसाधारणलाई मास्क लगाउन प्रेरित गर्न दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनार, ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक भरत राज गिरी, वडाअध्यक्ष भक्त बहादुर सुनार हिजो आफैं सडकमा निस्किएका हुन् । ‘६६ औं प्रहरी दिवस २०७८ं’ को अवसरमा ‘तपाईको मास्क खोई’ कार्यक्रम संचालन गरिएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ् ।
दोधारा चाँदनी नगरपालिका नगर प्रमुख बिर बहादुर सुनार प्रमुख आतिथ्यमा संचालित कार्यक्रममा ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक भरत राज गिरी, दोधारा चाँदनी नगरपालिका वडा नं. ४ का वडाध्यक्ष भक्त बहादुर सुनार, चाँदनी बजार ब्यवस्थापन समितिकाका अध्यक्ष, र स्थानियहरुको उपस्थिती रहेको थियो । चाँदनी बजारमा माक्स नलगाई हिडडुल गर्ने स्थानिय, अटो सवारी चालक, पैदल यात्री समेत गरी झण्डै २ सय जनालाई माक्स बितरण गरिएको प्रहरीले जनाएको छ् ।