लक्ष्मी माविको प्रअमा नाथ


कञ्चनपुर : कञ्चनपुरको लक्ष्मी माविको प्रध्यानाध्यापकमा शिक्षक प्रमानन्द नाथ नियुक्त भएका छन । भीमदत्त नगरपालिका १९ बाँगफाँटा स्थित लक्ष्मी माविको प्रअमा नाथ नियुक्त भएका हुन । विद्यालय व्यवस्थापन समितिको निर्णयले मावि तहका शिक्षक नाथलाई प्रअमा नियुक्त गरेको हो ।

भीमदत्त नगरपालिकाले गरेको दरबन्दी मिलान अन्र्तरगत गणित विषयमा माविका शिक्षक नाथ सरस्वती माविबाट लक्ष्मी माविमा सरुवा भएका थिए । गणित विषयमा अब्बल शिक्षकका रुपमा परिचित नाथ शिक्षक नेता पनि हुन । उनी एकिकृत अखिल नेपाल शिक्षक संगठनमा आबद्ध छन ।

उनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्ने प्रतिबद्धता जाहेर गरेका छन । ‘म र मेरो नेतृत्वको शिक्षकले सामुदायिक विद्यालयको शैक्षिक स्तर बृद्धि गर्ने हरकदम प्रयास गर्ने छौँ, गछौँ, पनि ‘उनले भने, ‘हाम्रो प्रयासमा अभिभावक र सरोकारवालाको साथ सर्मथन चाहिन्छ ।’


ताजा समाचार

spot_img