हिन्दु राष्ट्र कायम गर्न ॐकार एकता महाभियान सञ्चालन


कञ्चनपुर : धार्मिक, सांस्कृतिक सङ्घसंस्थालाई एकाकार गर्दै विश्व ॐकार एकता महाअभियान सुरु भएको छ । विश्व हिन्दू महासङ्घको आयोजनामा साउन ४ र ५ गते देवघाटमा सन्तबाट आशीर्वाद लिएर शुरु भएको महाअभियान अहिले कञ्चनपुर पुगको छ ।

No description available.

शुक्रबार भीमदत्त नगरपालिका ४ मा रहेकोे शिवधाममा पुजाआजाको कार्यक्रम गरी विश्वविद्यालयका पदाधिकारी सँग भेटघाट गरेका छन् । ‘शासन व्यवस्था जुन सुकै होस, हिन्दुराष्ट्र कायम होस भने’ नाराका साथ ॐकार एकता महाभियानकर्ताहरुले हिन्दु राष्ट्रको अभियानमा आफुहरु कुनै शक्ति केन्द्रबाट सञ्चालित नभई केवल विश्व भरीका हिन्दुहरुको आस्था र हाम्रो संस्कृति पहिचानको लागि आफुहरु लागेको बताए ।

No description available.

नेपाल सन्त समाजको संरक्षण र विश्व हिन्दू महासङ्घको अभिभावकत्वमा देवघाटबाट शुरु भएको महाअभियानले वैदिक सनातन धर्म सापेक्ष राष्ट्र स्थापनाको विषयलाई मुख्य मुद्दा बनाएको छ । समाजमा ह्रास हुँदै गएको धार्मिक, सांस्कृतिक गतिविधि पुनःस्थापित गरी यसका वैज्ञानिक पक्ष जनसमक्ष लैजाने उद्देश्यले महाअभियान शुरु गरिएको मुख्य अभियानकर्मी गुरु डा. चिन्तामणि योगीले बताए ।

No description available.


ताजा समाचार

spot_img