कञ्चनपुर: गते जिल्ला कराते संघको आयोजनामा दुई दिवसीय जिल्ला कराते च्याम्पीयन शिप खेल शुक्रबार सम्पन्न भएको छ । कञ्चनपुरका नौ वटै पालिकाका चार सय खेलाडीको सहभागिता रहेको उक्त खेलमा प्रथम, द्वितिय, तितृय र चौथो हुने खेलाडीलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।


च्याम्पीयन शिपमा उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडी अजय सुनार र रिया पुजारा रहेका थिए । उदयमान खेलाडीको पुरुस्कार उदयमान श्रेष्ठलाई प्रदान गरिएको थियो । खेलको प्रथम पुरुस्कार बाणी डोजो र द्वतीय पुरुस्कार गड्डाचौकीले हात पार्न सफल भएका छन् । प्रथम पुरुस्कार हात पार्ने टिमले नगद १० हजार रुपैया, ट्रफी र दोसो हुने टिमले रु. ५ हजार, ट्रफी हात पारेको छ । प्रथम हुने टिमलाई न्युअपी फर्निचर इन्डष्ट्रीजका प्रोपराइटर दिपक चन्दले पुरुस्कार राशी प्रदान गरेका हुन भने द्वितिय हुने टिमलाई जिल्ला कराते संघ आफैले पुरुस्कार राशी प्रदान गरेको छ ।


समापन कार्यक्रममा जिल्ला कराते संघका अध्यक्ष गजेन्द बहादुर चन्दको सभापत्विमा भएको थियो भने प्रमुख अतिथी नेपाल सनात धर्म संस्कृति संगठन राष्ट्रिय अध्यक्ष योगी पुष्प राज पुरुष रहनु भएको थियो कार्यक्रम सञ्चालन विष्ना पन्त भट्टले गर्नु भएको थियो । कोरोना महामारी पछिको खेलमा सहभागी खेलाडीहरुले उत्साह देखाएका थिए ।







