कञ्चनपुर : ३१ औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस कञ्चनपुरमा पनि धुमाधामका साथ मनाइएको छ । शुदुरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले जेष्ठ नागरिकको सम्मान गरिनु पर्ने बताएका छन । सुदुरपश्चिम प्रदेश सरकारले जेष्ठ नागरिकको दायित्व लिएर समाजमा उनीहरुलाई सम्मान जनक सहभागिताका साथ बाच्नका लागी बाताबरण बनाई थप सामाजिक सुरक्षाका कार्यक्रमहरु सञ्चालनमा ल्याउने बताए ।


मुख्य मन्त्री भट्टले ‘वृद्ध बुवा आमा जसले आफ्ना सन्तानलाई हुकाई बढाई बडो नाजुकका साथ पालेर राखेका हुन्छन् आज तिनै सन्तानले आमा बुवालाई वृद्ध आश्रममा बस्न वाध्य पार्छन् । हामी सबैं एक दिन बुढो हुनु पर्ने र त्यो समय हाम्रो पनि आउने हुनाले हामी सबैले आफ्ना आमाबुवाको बुढेसकालमा घरमै सेवा गर्नु पर्ने’ बताए ।


शुक्रबार कञ्चनपुरको रोटेला स्थित श्री बैजनाथधाम जेष्ठ नागरिक सेवा केन्द्रमा आयोजित कार्यक्रममा सहभागी भएका मुख्य मन्त्री भट्ट र सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा समाजिक विकास मन्त्री लाल बहादुर खड्काले वेतकोट नगरपालिका ८ मा रहेको बैजनाथधाम जेष्ठ नागरिक सेवा केन्द्रको नवनिर्मित आवास गृह सभाहल भवनकोे समुद्घाटन गरेका छन् ।








