कञ्चनपुर: कञ्चनपुरको पुर्नवासका युवा नेता किरण चन्द केन्द्रीय महाधिवेशन प्रतिनिधीको दौडमा जुट्नुभएको छ । कांग्रेस कञ्चनपुर नेविसंघ जिल्ला सदस्य एवं टेड्र युनियन केन्द्रीय प्रतिनिधि समेत रहनु भएका युवा नेता चन्द काँग्रेसको १४ औ महाधिवेशन प्रतिनिधीको दौडमा जुट्नुभएको हो । पछिल्लो समय युवा नेता चन्द कंचनपुर क्षेत्र नं १ मा कोरोना महामारीको बेला स्वास्थ्य सेवा र सामाजिक कार्यमा तल्लीन रहेर जनताका समस्या सामाधानमा समेत जुट्नुभएको थियो । जिल्लाको दक्षिण क्षेत्र पुनर्वास नगरपालिका वडा नं २ मोतिवस्ति घर भएका युवा नेता चन्द सामान्य परिवारमा हुर्कनु भएको हो ।अहिले काग्रेस भित्र पनि उहाँलाई निर्वाचन क्षेत्र नं १ मा उदयमान नेताका रूपमा परिचित हुनुहुन्छ ।

युवा नेता चन्द आफु अहिले पुर्णरुपमा राजनितिमा हुमिएको बताउनु भएको छ । काग्रेस को १४ औ महाधिवेशन प्रतिनिधी लागि आफ्नो उम्मेदवारी रहेको बताउनु भयो । उँहाले भन्नुभयो काग्रेस लाई गुट उपगुट रहित अन्तय गरी पार्टी लाई आगामी दिनका निर्वाचन मा पार्टी लाई पहिलो पार्टीको रुपमा ल्याउन र पार्टी लाई सामावेशि तवरले अघि लैजाने आफ्नो योजना रहेकाले उम्मेदवारी केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि रहेको बताउनुभयो । अहिले युवा तथा महिला दिदि बहिनिहरु लाई एक जुट रुपमा समावेशी गरेर पार्टी लाई बलियो बनाउनु पर्ने धारणा उहाको रहेको छ ।

अनि आगामी निर्वाचनमा काग्रेस लाई एक नबरमा ल्याउन सबै नेपाली काँग्रेसका सम्पुर्ण वाडा सभापति तथा क्षेत्रिय प्रतिनिधि र सम्पुर्ण कृयाशिल एवं कार्यकर्ता एक जुट भई अघि बढ्नुपर्ने अवस्था भएकाले पनि नेतृत्वमा आउन प्रजातान्त्रिक अभ्यासलाई अवलम्बन गर्नु राम्रो विषय भएको बताउँदै काग्रेस लाई गुट उपगुट रहित गरी सबै काग्रेस हुनु पर्छ र संगठनलाई बलियो बनाउनु पर्नेमा उँहाले जोड दिनुभयो । नेपाली काँग्रेस सवै जातजाती भाषाभाषी वर्ग क्षेत्र र भुगोल लाई समेटेर अघि बढ्ने आफनो प्रमुख एजेण्डा रहेको हुदा सम्पुर्ण अग्रज नेता गण र सम्पुर्ण वडा सभापति तथा क्षेत्रिय प्रतिनिधिहरुमा केन्द्रीय महाधिवेशन प्रतिनिधीमा अत्यधिक अमुल्य मतले विजयी गराईदिन हुन सम्पुर्णमा अपिल गर्नुभएको छ ।







