कञ्चनपुर : भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री मानबहादुर सुनारले खेलकुद बिकास समितिको अधुरा संरचना निर्माण र खेलाडीलाई खेल सामाग्री उपलब्ध गराउन प्रदेश सरकारबाट आवश्यक सहयोग गर्ने बताएका छन । बिहिबार कञ्चनपुर जिल्ला कराते संघले जिल्ला स्तरीय कराते च्याम्पीयन शिप २०७८ को उदघाटन गर्दे राज्य मन्त्री सुनारले यस्तो बताएका हुन । खेलाडीलाई पुर्ण रुपमा तयार पार्न तालिम र साधन श्रोत आवश्यक भए मात्रै सफल खेलाडी उत्पादन गर्न सकिने उनको भनाई थियो ।


असोज १४ देखी १५ गते सम्म हुने कराते च्याम्पीयन शिप खेलमा कञ्चनपुरका नौ वटै पालिकाका गरी करीब ४०० खेलाडीको सहभागिता रहेको सुदूरपश्चिम प्रदेशका मुख्य प्रशिक्षक विमल खडायतले बताउनु भयो ।


कोभिड–१९ले गर्दा विगत दुई वर्ष देखि कुनै पनि खेल हुन सकेको थिएन । अहिले कोरोनाको कहर केही कम भएको र सबै तिर खुलेको अवस्थामा खेलाडीहरुलाई हौसला स्वरुप के गर्न सकिन्छ भनेर कराते च्याम्पीयन शिप खेलको आयोजना गरीएको बताए । यो प्रतियोगितामा सञ्चालनका लागी कुनै पनि पालिकाबाट सहयोग नरहेको र प्रशिक्षक तथा खेलकुदमा आवद्ध रहेका पदाधिकारीहरुले आफैं पैसा उठाएर खेल आयोजना गरेको बताए । यदी स्थानिय तहले सहयोग गरेमा यो क्षेत्रबाट उत्कृष्ट खेलाडी उत्पादन गर्न सकिने प्रशिक्षक खडायतको भनाई रहेको छ ।







