अनुलाई प्रिमियर लिगमा प्रतिस्पर्धाका लागि बिदाई

काठमाडौं / दामोदर पाण्डेय : मित्र राष्ट्र रसियाको मस्को सहरमा आयोजना हुने ¥याङ्किङ्ग प्रतियोगिता समेत रहेको कराते १ प्रिमियर लिगमा प्रतिस्पर्धा गर्न जान लागेकी साग स्वर्णधारी अनु अधिकारीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवालले सोमबार एक कार्यक्रमविच राष्ट्रिय झण्डा सहित खादा लगाएर बिदाई गरे । सो क्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य पुरेन्द्र विक्रम लाखेको पनि खेलाडी अनुलाई बिदाई गरेका थिए ।
खेलाडीलाई शुभकामना दिंदै सदस्य सचिव सिलवालले यस प्रतियोगिताले नेपाली खेलाडीहरुको स्तर मापन गर्ने र नेपाललाई बिश्व खेल मञ्चमा परिचय गराउने भन्दै स्तरिय खेल प्रदर्शन गर्न र प्रतियोगिताबाट नयाँ खेल कौशलता सिकेर आउन सुझाव दिए । बिश्वका बिश्व च्याम्पियन, ओलम्पिक च्याम्पियन लगायतका खेलाडीहरुको सहभागिता रहने ¥याङ्किङ्ग प्रतियोगितामा अनुले ५५ केजी मुनिको तौल समूहमा प्रतिस्पर्धा गर्ने छिन् । प्रत्येक तौल समूहमा बिश्वका ६४ जनाले मात्र प्रतिस्पर्धा गर्न पाउने प्रशिक्षक दीपक श्रेष्ठले बताए । खेलाडी अनुको हाल बिश्व कराते ¥याङ्किङ्गमा १६३ औं स्थान रहेको छ । यस लिगमा उच्च १० स्थान हासिल गर्ने खेलाडीहरु ओलम्पिकका लागि स्वतः छनौट हुने खेलाडी अनुले जानकारी गराईन् । यो लिग आउदो ओलम्पिकका लागि सुरुवाती चरण भएको समेत अधिकारीले बताईन् ।

प्रत्येक तौल समूहमा बिश्वका ६४ जना मात्र खेलाडीहरुले सहभागिता जनाउन पाउने यस बिश्व ¥याङ्किङ्ग प्रतियोगितामा सहभागिता हुनका लागि कराते महासंघले आयोजना गर्ने विभिन्न सिरिज प्रतियोगिताहरुमा सहभागिता र जितका आधारमा ¥याङ्किङ्गका लागि प्राप्त अंकका आधारमा उच्च ५० भित्र परेका खेलाडीहरुले स्वतः छनोट चरण पार गर्नेछन् र बाँकी १४ जना २०० ¥याङ्किङ्ग भित्र परेका खेलाडीहरुले लिगका लागि दर्ता खुलेको अवस्थामा फस्र्ट कम फस्र्टका आधारमा जति सक्दो चाँडो नाम दर्ता गर्न सकेमा मात्र सहभागिता जनाउन पाउने प्रशिक्षक दीपक श्रेष्ठले जानकारी गराए । अरुबेला १५० भित्रका खेलाडीहरुले मात्र सहभागिताका लागि नाम दर्ता गर्न पाउने भएता पनि यस पटक कोभिडका कारण सिरिजहरु नभएका कारण २०० भित्रका खेलाडीहरुले नाम दर्ता गर्न पाउने प्रावधान करोत महासंघले गरेकाले अनु यस लिगका लागि छनोट हुन सफल भएको समेत प्रशिक्षक श्रेष्ठले जानकारी गराए ।
अक्टोबर १ देखि ३ सम्म आयोजना हुने लिग प्रतियोगिताका लागि अनु एक्लै आजै त्यस तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

गण्डकी अंक बाड्न बाध्य
गण्डकी प्रदेश छैटौं डाईनामाईट एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिप २०७८ मा अंक बाड्न बाध्य भएको छ । मंगलबार भएको प्रतिस्पर्धामा गण्डकीले मणिमुकुन्द क्लब संग अंक बाडेको हो । निकैनै प्रतिस्पर्धात्मक खेलमा भारतीय खेलाडीहरु सम्मिलित गण्डकीले पहिलो सेट २६–२४ र दोश्रो सेट ३६–३४ को कठिन जित निकालेको थियो । तर चौथो सेट मणिमुकुन्दलाई १८–२५ ले र चौथो सेट २५–२७ ले सुम्पन पुग्यो । अन्तिम तथा निर्णायक सेटमा गण्डकीले १५–१३ को जित निकाल्दै खेल आफ्नो पक्षमा पा¥यो । जित निकालेता पनि गण्डकीले अंक बाड्दै आफ्नो खातामा २ अंक जोड्न बाध्य भयो । यस खेलबाट मणिमुकुन्दले १ अंक जोड्यो । यसका साथै समूह बीमा रहेको गण्डकीको ५ अंक भएको छ । यस समूहमा पुलिसको ६ अंक छ ।

दशरथ रङ्गशालास्थित कभर्डहलमा भएको प्रतियोगितामा टिपटप हेल्प नेपालले प्रदेश नं. २ लाई ३–० को सोझो सेटमा पराजित गर्दै महत्वपूर्ण ३ अंक जोड्यो । यसका साथै हेल्प नेपालको ६ अंक भएको छ । अघिल्लो दिन बागमतीलाई पराजित गर्दै ३ अंक जोडेको हेल्प नेपालले मंगलबारको खेलमा प्रदेश नं. २ लाई २५–२१, २५–१७, २५–१६ ले पराजि गरेको हो । आजै सम्पन्न महिला तर्फको प्रतिस्पर्धामा अघिल्लो संस्करणको विजेता विभागिय टोली एपिएफले ढोरपाटन स्पोर्टस् क्लबमाथि ३–० को जित निकाल्यो । एपिएफले पहिलो सेट २५–११, दोश्रो सेट २५–७ र तेश्रो २५–१३ ले पराजित गर्दै आफ्नो खातामा ३ अंक जोडेको हो । यस्तै होङ्गवाङ्गजी न्यू डायमण्डले एभरेष्ट भलिबल ट्रेनिङ्ग सेन्टरलाई २५–६, २५–५, २५–१३ ले पन्छाउँदै ३ अंक जोड्न सफल भयो । यसका साथै समूह ए बाट टिपटप हेल्प नेपाल र गलकोट स्पोर्टस् क्लब समान ६ अंकका साथ नकआउट चरणमा प्रवेश गरेका छन् । यस्तै समूह बी बाट नेपाल पुलिस क्लब र गण्डकीले अन्तिम आठको यात्रा तय गरेका छन् ।

ताजा समाचार