दोधारा चाँदनीका एक गर्भवती महिलालाई श्रीमानद्धारा निर्घात कुटपिट

दोधारा । दोधारा चाँदनीका एक गर्भवती महिलालाई उनका श्रीमानले निर्घात कुटपिट गरेका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ९ सृजना टोल निवासी गर्भवती महिला वर्ष २३ कि लक्ष्मी सुनारलाई उनका श्रीमान लोक बहादुर सुनारले आज अपरान्ह घरमै निर्घात कुटपिट गरेका छन् । लोक बहादुर सुनारले आफ्नो गर्भवती श्रीमती लक्ष्मी सुनारलाई मदिरा सेवन गरि बिनासित्तै कुटपिट गरेको घाईते लक्ष्मी सुनारले बताएका छन् । उनलाई टाउको, हात, पिट्यु र खुट्टामा गम्भिर चोट आएको छ् । उनलाई रडले प्रहार गरेको बताईएको छ् । उनलाई प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा उपचार गरिएको छ् । लोक बहादुर सुनार फरार रहेको र कुटपिट भएको भन्दै ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीमा निबेदन दिएको घाईते लक्ष्मीका जेठानी कल्पना सुनारले बताएका छन् ।

ताजा समाचार