दैजी–जोगबुडा सडक सञ्चालनमा आएन, सर्वसाधारण यात्रु मुन्द्रे यातायातबाट ठगिदै


महेन्द्रनगर : डडेल्धुरा जिल्लाको अधिकांश जनसंख्या रहेको भित्रिमधेशलाई तराईको जिल्ला कञ्चनपुरसंग जोड्ने सडक दैजी–जोगबुडा सडक सञ्चालनमा नआउदा भित्रिमधेशबासिले सास्ती खेप्नु परेको छ । साथसाथै उनीहरु मुन्द्रे यातायातबाट ठगिदै आएका छन । तराई र सुदूर पहाडका जिल्लाहरुलाई जोड्ने छोटो मार्गकोरुपमा रहेको दैजी बुडर सडक खण्डको बुडर–जोगबुडा सडकखण्ड ब्राह्ै महिना सञ्चालनमा रहेता पनि दैजी–जोगबुडा सडकखण्ड भने बर्षातको समयमा बन्द हुने गरेको छ । बर्षातको कारणले दैजी–जोगबुडा सडक खण्ड अबरुद्ध हुदा डडेल्धुराको परशुराम नगरपालिकाका बासिन्दाहरु बढि मारमा पर्ने गरेका छन ।

उसो त कञ्चनपुरको बेदकोट नगरपालिकाका बासिन्दालाई आफ्नै जिल्लामा उत्पादन गरिएको खाद्यान्न लगायतका आवश्यक पर्ने सरसमान कैलाली जिल्लाको अत्तरीय हुदै डडेल्धुराको परशुराम नगरपालिकाभएर ढुवानी गर्नु पर्ने समस्य हुन्छ । दशैको समयमा विभिन्न कारणले जिल्ला बाहिर तराईलगायत पुर्वका जिल्लाहरु र भारतका विभिन्न ठाँउमा रहेका नगरपालिका बासि घर फर्किरहेका छन । उनीहरुलाई घरसम्म पुग्न सास्ती खेप्नु परेको छ भने आवश्यक पर्ने दैनिक उपभोग्य सामान ढुवानी गर्न, औषधी उपचार गर्न पनि असहज भएकोले तत्काल सडका सञ्चालनमा ल्याउनुपर्ने देखिन्छ । तर सडक सञ्चालनतर्फ कुनै पनि सम्बन्धीत निकायको ध्यान पुगेको छैन । बर्षातको समयदेखि अवरुद्ध भएको सडक सञ्चालन गर्न नत परशुराम नगरपालिकाले नै पहल गरेको छ नत कञ्चनपुरको बेदकोट नगरपालिकाले पहल चालेको छ ।

नत सामाजिक पूर्वाधार विकाश मन्त्रालयले नै पहल गरेको देखिन्छ । जोगबुडा–दैजी सडक सञ्चालनमा ल्याउन स्थानिय सरकारबाट कुनै पहल नभएको प्रति यातायात व्यवसायीहरु आक्रोशित भएका छन् । आफुहरुले सडक सञ्चालनका लागि स्थानिय प्रशासनलाई पटक पटक ध्यानाकर्षण गराउदा पनि बेवास्था गरिएको यातायात व्यवसायीहरुले बताएका छन् । मुन्द्रे यातायातले चर्को भाडा असुल्दै मौकाको फाईदा उठाउदै मुन्द्रे यातायातकमीले सर्वसाधारणबाट चर्को भाडा लिने गरेको यात्रुहरुको गुनासो गरेका छन । दैजीबाट बोदकोटसम्म सडकको कन्डीसन राम्रो छ । मुन्द्रे यातायात कर्मीहरु दैजी–बेदकोट सम्म यात्रुलाई चर्को शुल्कमा यातायात सेवा दिईरहेका छन । हुन त मुन्द्रे यातायातलाई सरकारले मान्यता नदिएता पनि अरु यातायातको विकल्प नभएको ठाँउमा सञ्चालन भईरहेका छन । उनीहरुले बेदकोटदेखि छेलासम्मको एकजनाको २ सय लिने गरेका छन ।

भने दैजी देखि बेदकोटसम्म २ सय पचास लिने गरेको एक सर्वसाधारण यात्रुले बताए । तर अन्य सवारीसाधन भएको भए २०० सयको ठाँउमा ५० रुपयाँ मात्र तिर्नुृपर्ने थियो । भने २५० रुपयाँ तिरिरहेका ठाँउमा १०० रुपयामात्रै तिर्नुपर्ने थियो । यसरी चर्को भाडा लिएता पनि अन्य साधनको विकल्प नहुदा आफुहरुले बाध्य भएर मुन्द्रे यातायातमा यात्रा गर्नु परेको एक याात्रुले गुनासो गरे । परशुराम नगरपालिका र बेदकोट नगरपालिकका बासिन्दाले सडक सञ्चालनको माग गरेका छन । सरोकारवाला निकायले समयमै सडक सञ्चालन गरीदिए सर्वसाधारणलाई मुन्द्रे यातायातबाट ठगिनुपर्ने बाध्यता पनि हट्ने थियो ।


ताजा समाचार

spot_img