दोधारा चादनी नगरपालिकाको बिकासका लागी सक्दो सहयोग गरिने : मुख्यमन्त्री भट्ट


कञ्चनपुर : सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले महाकाली नदीमा निर्माणाधिन अवस्थामा रहेको चारलाईनको पक्की पुलको अवलोकन गरेका छन । पुलको अवलोकन गर्नुको साथै पुल निर्माणका ठेकेदारलाई पुलको काम छिटो भन्दा छिटो गर्न निर्देशन दिनु भएको छ । पुल निर्माणमा हुने समस्यामा प्रदेश सरकार र संघ सरकारबाट आवश्यक सहयोग उपलब्ध गराउन पहल गर्ने बताएका छन । चारलाईनको सडक गडाचौकी सम्म निर्माण हुने भए पनि उक्त सडक चिसापानी सम्म निर्माणका लागी प्रदेश सरकारले पहल गर्ने बताए ।

No description available.

मुख्यमन्त्री भट्टलाई कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका स्थित विभिन्न स्थानको अवलोकनका क्रममा स्थानिय स्तरमा जनताले भोग्नु परेका दुःख पिडा समाधान र बिकास कार्यमा सरकारबाट सहयोग उपलब्ध गराउनका लागी ज्ञापनपत्र दिएका थिए । भीमदत्त नगरपालिका र दोधारा चादनी नगरपालिका जोडने झोलुङ्गे पुलको अवलोकन गर्दे पुल जिर्ण बन्दै गएको जनगुनासो आए पछि पुलबाटै हिडेर महाकाली पारी पुगेका मुख्यमन्त्री भट्टले पुलको मर्मत सम्भारका लागी प्रदेश सरकारबाट बजेट निकासा गरिने बताए । दोधारा चाँदनी नगरपालिका वडा नं. १ स्याउले बजार पुर्णागिरी टोलमा रहेको शस्त्र प्रहरी बलको विओपी अवलोकन गर्दे छिटै पक्की भवन बनाउन पहल गर्ने बताउनु भयो ।

No description available.

ढकानाघार वडा नं. ९ स्थित सृजना आर्दश विद्यालयको जग्गा साढे पाँच विगाहा जग्गामा फैलिएको भए भनी तार वार नहुदा विद्यालयको जग्गा अतिक्रमण हुने र छाडा चौपायाको बस्ने स्थल भएकोले विद्यालयको जग्गामा पर्खाल लगाउन अध्यक्ष बलराम बराल र प्र.अ अमर बस्नेतले माग गर्दे मुख्यमन्त्री भट्टलाई ज्ञापनपत्र बुझाएका थिए । मुख्यमन्त्री नमुना कृषि गाउ (मसाला) कृषक समन्वय समिति वडा नं. ७, ८, ९, १० मा सञ्चालित कार्यक्रमको अवलोकन गरेका थिए । दोधारा चादनीका अधिकांस वडाहरुको अवलोकन गर्दे यहाको बिकासका लागी प्रदेश सरकारबाट हुने सहयोगमा थप योजना बनाएर अघि बढने बताए ।


ताजा समाचार

spot_img