कञ्चनपुरमा दुई महिनाको अन्तरमा ६०२ जना बालबालिकामा कुपोषण


कञ्चनपुर: कञ्चनपुर जिल्ला स्वास्थ्य कार्यालयले ‘‘अबको गनतब्य कुपोषण रहित समाज, हाम्रो चाहना हाम्रो अभ्यास’’ नाराका साथ २ महिने अभियान चलाएको छ । जिल्लाका सबै पालिकाहरुमा रहेका पाच बर्ष मुनीका बालबालिकाहरुको स्वास्थ्य जाच गरी स्वयम सेवीकाहरुले कुपोषण लागेका बालबालिकालाई पोषण युक्त खाना खुवाउनुको साथै अभिभावकहरुलाइ पोषणयुक्त खानेकुराका बारेमा जानकारी दिने गरेका छन् । पुड्कोपना, ख्याउटे, उमेर अनुसार तौल कम र मोटोपना धेरै भएका ५ वर्ष मुनिका बालबालिकालाई कुपोषणको लक्षण देखिने गरेको छ । कोभिड–१९ ले गर्दा आर्थिक समस्याका कारण पनि पोषण युक्त खानाको कमीले कुपोषणमा वृद्धि भएको तथ्याङ्कले देखाएको छ ।

कुपोषण न्युनिकरण गर्न स्वास्थ्य कार्यालय कञ्चनपुरको मातहतमा रहेका स्वास्थ्यकर्मीहरुले यस आर्थिक वर्ष देखि स्वस्र्पुत रुपमा टोलटोलमा गई कुपोषण लागेका जसमा सिघ्र कुपोषण र मध्य कुपोषण भएका बालबालिकाहरुको पहिचान गरी बहिरंग सेवा मार्फत पोषणयुक्त खानेकुरा र उपचारका लागी पहल गर्ने गरेको छ । कञ्चनपुर जिल्लामा दुई महिनाको अन्तरमा ६०२ जना बालबालिकालाई कुपोषण लागेको पाइएको छ । जसमा सिघ्र कुपोषण ९५ जना र मध्यम कुपोषण ५०७ जना देखिएका छन् । आर्थिक वर्ष ०७७/०७८ मा ३८७ जनामा कुपोषण देखिएको थियो भने यो आर्थिक बर्षको सुरुमा खोज पड्ताल अभियानले दुई महिनामै यति धेरै बालबालिकामा कुपोषण देखिएको स्वास्थ्य कार्यालयका अधिकृत तथा पोषण कार्यक्रमका सहजकर्ता कपिल देव जोशीले बताउनु भयो ।

२०६३ देखि महाकाली अञ्चल अस्पतालमा पोषण पुनस्थापना प्रमुखको रुपमा काम गर्दे आइरहेकी ईन्दा भट्टले १० शैययाको पोषण गृहमा बालबालिका र आमा सहित राखेर पोषण सेवा प्रदान दिदै आईरहेकोमा हाल १४ शैयया बनाई पोषण तत्व दिदै आएको बताईन् यसरी कुपोषण लागेका बालबालिकाहरु अझ बढी आएमा शैययाको संख्या बढाउन सकिने त्यसकालागि अभिभावकहरुलाई जनचेतना जगाई कुपोषणको बारेमा जानकारी दिनु पर्ने बताईन् । अहिले पनि सबै अभिभावकहरुमा कुपोषणको बारेमा सही जनाकारी नहुदा र धामी झाकीमा विश्वास गर्नाले बालबालिको वृद्धि विकास हुन सकेको छैन् जसले गर्दा कमजोर भई विभिन्न किसिमका रोग लाग्ने गरेको पुनस्थापना प्रमुख भट्टले बताइन् ।

कुपोषण न्युनिकरणका लागि सबैले साथ दिनु पर्ने, कुनै पनि पाँच वर्ष मुनिका बालबालिका सामान्य बालिबालिका भन्दा फरक लक्षण देखिने दुब्लो, ख्याउटे, पुडकोपन, कमतौल भएको वा अधिक मोटो भएको पाइएमा समयमैं पोषण युक्त खाना खुवाउन सकेमा बालबालिकाको कुपोषण हटाई स्वास्थ्य समाज निर्माण गर्न सकिने जनस्वाथ्य कार्यालयका कार्यालय प्रमुख शिवराज सुनारले बताउनु भयो ।


Loading Viewer...

ताजा समाचार

spot_img