चौथो वार्षिक पुण्यतिथीको अवसरमा अन्न तथा फलफुल वितरण


कञ्चनपुर : स्वर्गीय श्रीमानको चौथो वार्षिक पुण्यतिथीको अवसरमा वृद्धआश्रममा अन्न, तेल तथा फलफुल वितरण गरिएको छ ।

No description available.

स्व.प्रताप राम लोहारको चौथो वार्षिक पुण्यतिथीको अवसरमा आज कञ्चनपुरको वेदकोट नगरपालिका–७, ८ रौटेला धाम, गाउजी स्थित बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्रमा वहाँकी धर्मपत्नी दुरीदेवी लोहारले चावल, तेल र फलफुल वितरण गर्नुको साथै त्यहाँ स्थित वृद्धवृद्धा १५ जनालाई रु. १००का दरले नगद रु.१५०० पनि दिनु भएको छ ।

राजनीतिज्ञ, समाजसेवी तथा शिक्षाप्रेमी लोहारको २०७४ सालमा निधन भएको थियो । वहाँको हरेक पुण्यतिथीको अवसरमा यसरी नै वृद्धाआश्रमा अन्न तथा फलफुल वितरण गर्दै आईरहेको धर्मपत्नी लोहारले बताउनु भयो ।


ताजा समाचार

spot_img