कञ्चनपुर : जिल्ला ट्राफिक प्रहरी कार्यालयक कञ्चनपुरले सवारी चालक अनुशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ । बिहिबार कार्यक्रमको आयोजना गरी ट्राफिक नियम सम्बन्धी जानकारी गराईनुका साथै नजिकै आई रहेको दशैं तिहार तथा छठ पर्व मनाउने क्रममा आउने जाने यात्रुहरुलाई सहज रुपमा गन्तव्य पु¥याउने उद्देश्यका साथै सार्वजनिक सवारी साधनमा लामो समय सम्म सवारी चालाउने उत्कृष्ट चालकहरुलाई सम्मान कार्यक्रम गरको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवस्था कार्यालय, र यातायात व्यवसायी तथा मजुदुर संगठनको संयुक्त आयोजना गरिएको कार्यक्रममा नयाँ सवारी अनुमति पत्र पाएका चालकहरुलाई प्रशिक्षण र ट्राफिक नियमको बारेमा जिल्ला प्रहरी ट्राफिक कार्यलयका प्रमुख प्रहरी निरीक्षक केशवराज भट्टले चेतना मुलक कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।


सुदूरपश्चिम प्रमुख प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कडेलले यात्राको दौरान आफु मात्रै नभई यात्रुहरु पनि हुने हुनाले चालकले एकदम सावधानीका साथ सवारी साधन हाक्नु पर्ने बताउनु भयो । ‘सवारी साधन दुर्घटना हुदाँ मानविय क्षति र अङ्गभङ्ग हुनुको साथै निकै क्षति व्यहोरनु पर्ने महानिरीक्षक कंडेलले बताउनु भयो । उहाका अनुसार नेपालमा दैनिक सात जनाले सडक दुर्घटनामा ज्यान गुमाउने गरेको छ । त्यसैगरी सेती महाकाली यातायात प्रा लि.का अध्यक्ष डम्बर पन्तले, सबै क्षेत्रमा आफ्ना कर्मचारीहरुलाई तालिम तथा प्रशिक्षण दिई अब्बल बनाउने गरीन्छ तर यातायात व्यवसायीलाई भने कुनै प्रशिक्षण गर्नको लागि प्रशिक्षण केन्द्रको अहिले सम्म व्यवस्था छैन भने ट्राफिकको पनि सामान्य जानकारी बाहेक गतिलो प्रशिक्षणको अभाव रहेको अध्यक्ष पन्तले बताए ।


सवारी साधन चलाउदा ट्राफिक नियम पालना गर्ने र लामो समय सम्म चालकको रुपमा रहि दुर्घटना बाट बची यात्रुहरुलाई सकुशल गन्तव्यमा पुराना सफल चालक तथा सह–चालक लगायत यात्राको दौरान ईमान्दारीको साथ प्रहरी पुग्नु भन्दा नै पहिले यात्रुको समान प्रहरी र सम्बन्धित पक्ष सँग पु¥याउने चालकलाई र ट्राफिक नियम पालन गर्ने क्रममा सहायेग गर्ने सहयोगी संस्थालाई सम्मान गरिएको छ । यसरी सम्मान पाउनेमा सामुदायिक सेवा केन्द्र, ममताज पार्टी प्यालेस, भानुपार्टी प्यालेस, र चालकहरुमा रमेश ब.सिह, सुरेन्द्र बोहरा, रमेस ब. खत्री, जानकी लुहार, गणेश बहादुर खत्री यात्राको दौरान समान पाई प्रहरीलाई बुझाउने मदन नाथ, रहेका थिए ।


सेती महाकाली यातायात प्रा.लि.का अध्यक्ष डम्मर पन्तको सभापतित्व रहनु भएको उक्त कार्यक्रममा प्रमुख अतिथीमा सुदूरपश्चिम प्रमुख प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कडेल रहनु भएको थियो भने कार्यक्रम सञ्चालन प्रहरी निरीक्षक केशवराज पन्तले गर्नु भएको थियो ।






