कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका २नम्बर वडा कार्यालयले संविधान दिवसको अवसर पारेर कार्यालयमा दिप प्रज्वलन गरेको छ । आइतबार साँझतिर वडा कार्यालयमा दिप प्रज्वलन गरिएको हो ।

भीमदत्त नगरपालिका २का वडाध्यक्ष डम्बर कार्की(डिके)ले जनताको संघर्षबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रको नयाँ संविधान दिवसको अवसरमा कार्यालयमा दिप प्रज्वलन गरिएको बताए । उनका अनुसार जनप्रतिनिधी, कर्मचारी, दलका प्रतिनिधी एव स्थानीयको उपस्थितिमा दिप प्रज्वलन गरिएको छ ।







