काँग्रेस नेता देउवा कञ्चनपुर जिल्ला सह सचिवको दौडमा


कञ्चनपुर: नेपाली काँग्रेसका युवा नेता दिल बहादुर देउवा पार्टी जिल्ला सह सचिवको आँकाक्षी देखिएका छन । काँग्रेस १४औँ महाधिवेशनका लागि नेताहरु विभिन्न पदका लागि आँकाक्षी देखिएका बेला काँग्रेस कञ्चनपुरको जिल्ला सदस्य समेत रहेका देउवाले सह सचिवको यात्रा तय गरेका छन । झण्डै तीन दशक ३२ बर्षदेखि नेपाली काँग्रेसको राजनीतिमा होमिएका कृष्णपुर नगरपालिका ५गुलरियाका काँग्रेस युवा नेता देउवाले जिल्ला पार्टीको सह सचिवको यात्रा तय गर्दै प्रचारप्रसारमा जुटेका हुन ।

०४६सालमा कृष्ण उच्च मावि नेवि संघ इकाई सदस्यबाट राजनीतिक यात्रामा होमिएका देउवा ०५१सालतिर काँग्रेस क्षेत्र नम्बर २को क्षेत्रीय सदस्य, ०५२देखि ०६४सम्म लगातार क्षेत्रीय कोषाध्यक्ष भए । उनी काँग्रेस फुटदा र जुट्दा समेत उही पद उही जिम्मेबारीमा सबैले पत्याएका कारण रहे । १२ र १३औँ महाधिवेशनमा लगातार जिल्ला सदस्य भएका देउवाले यस पटक भने पदाधिकारी रोजेका हुन । उनले आफ्नो राजनीतिक यात्रा पाईला पाईला भन्दै सदस्यबाट सह सचिवमा रोजेको बताए । ‘म एकै पटक काँग्रेसमा हाईजम्प गरेर यहाँसम्म पुगेको होईन, ‘उनले भने, ‘स्टेप स्टेप अनुरुप अघि बढिरहेको छु ।’ देउवा राजनीतिसंगै समाजसेवा तर्फ समेत जुटेका छन ।

उनी हरियाली सामुदायिक वनको नेतृत्वदेखि, कञ्चन बहुमुखी क्याम्पस संचालक समिति सदस्य, गुलरिया बजार व्यवस्थापन समिति लगायतका विभिन्न समाजिक संघ संस्थामा आबद्ध भई समाजिक सेवामा समेत जुटेका छन । ‘म सह–सचिवमा जितेसंगै सबै नेता कार्यकर्ताको अनुहार नभई कामको मुल्याङ्गकन अनुरुप अघि बढ्छु, ‘उनले भने, ‘कामको योगदान र मुल्याङ्गन गरेर अघि बढ्छु ।’ पार्टीभित्र देखिएको गुटउपगुटको अन्त्य गर्दै काँग्रेसलाई भावि चुनावमा सफलता दिलाउने उनको प्रतिबद्धता छ ।


Loading Viewer...

ताजा समाचार

spot_img