कञ्चनपुर : पुर्ब बन मन्त्री लबरु राना थारुका सहोदर भाइ नेपाली काङ्ग्रेसका नेता स्वस्अमर सिंह रानाका सहोदर दाइ नरपत सिंह राना उनकी पत्नी फुला राना,छोरा अजित सिंह राना र बुहारी सुमित्रा लगायत साबिक देखतभुली गाविस बस्ने राना परिवारले नेकपा एकिकृत समाजवादीमा प्रवेस गरेका छन ।

नेकपा एकिृकत समाजवादी कञ्चनपुरका युवा नेता सुरेन्द्र बहादुर बमले शनिबारका दिन पुर्वमन्त्री राना एव काँग्रेस नेता अमर रानाका भाई नरपत सिह राना सहितले नेपाली काङ्ग्रेस परित्याग गरि समाजवादी पार्टीमा प्रवेस गरेका हुन । नेकपा एकिकृत समाजवादी कञ्चनपुरका अध्यक्ष तथा सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री माननीय तारालामा तामाङ प्रमुख अथिती रहेको कार्यक्रममा उनीहरु सहित विभिन्न पार्टी परित्याग गरेर समाजवादी पार्टीमा प्रवेस गरेकालाई मन्त्री तथा समाजवादी पार्टी कञ्चनपुरका अध्यक्ष तामाङ्गले स्वागत गरेका हुन ।







