कञ्चनपुर: नेकपा एकिकृत समाजवादी कञ्चनपुरका अध्यक्ष तथा प्रदेश सभा सदस्य तारालामा तामाङ्ग सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री समाजवादीकै नेता एव प्रदेश सभा सदस्य माया तामाङ्ग(बोहरा) आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा नियुक्त भएका छन ।

प्रदेशको मन्त्री र राज्यमन्त्रीमा नियुक्त भएका तामाङ्ग र बोहरालाई शुक्रबार प्रदेश प्रमुख गंगा प्रशाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन ।
मुख्यमन्त्री त्रिलोचन प्रशाद भट्ट, सभामुख अर्जुन थापा, उप सभामुख निर्मला बडाल(जोशी) सहितको उपस्थितिमा सपथग्रहण गराईएको छ । नेकपा एकिकृत समाजवादी कञ्चनपुरका युवा नेता सुरेन्द्र बहादुर बमले कञ्चनपुरबाट आर्थिक मामिला तथा योजनामन्त्रीमा तामाङ्ग नियुक्तले जिल्लाको बृद्धि विकास हुने अपेक्षा राख्नुभयो ।

कञ्चनपुरबाट प्रदेश सभामा तीन मन्त्रीले प्रतिनिधित्व गरिरहेका छन । एमाले फुटसंगै यस अघिका आर्थिक मामिला तथा योजनमन्त्री प्रकास बहादुर शाहले राजिनामा दिएसंगै दुईमन्त्री रिक्त भएका थिए ।







