बेवारिसे अबैध सर-समान बरामद

कञ्चनपुर : गड्डाचौकी बाट खटिएको प्रहरी टोलीले भन्सार छली ल्याएको अवैध समान फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र गड्डाचौकीबाट खटिएको प्रहरी बुधबार भी.न.पा १० गड्डाचौकी स्थित भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याएका बिभिन्न ब्राण्डका कपडा, साईकलका समान, चिनी, बिजुलीका समान, र मिठाई बनाउने समान लगायत बिभिन्न सर-समान गरि अन्दाजी मुल्य रु १ लाख १७ हजार २ सय ७० रुपैया बराबरका बिभिन्न सर–समान बेवारिसे अवस्थामा फेला पारी गड्डाचौकी भन्सार कार्यालय महेन्द्रनगर कञ्चनपुर लाई बुझाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

ताजा समाचार