सुदूरपश्चिम नमुना बहुउद्देश्यीय सहकारी संस्थाको पहिलो बार्षिक साधारण सभा सम्पन्न

कञ्चनपुर: कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका वडा नम्बर ४ बैतडा स्थित सुदूरपश्चिम नमुना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको प्रथम सधारण सभा भव्यताको साथ समपन्न भएको छ ।

बहुउद्देश्यीय सहकारी संस्थाले छोटो समयमा पनि आफ्नो पहिचान बनाउन सकेको छ । ग्रामिण भेगमा त्यहाँका स्थानिय जनतालाई सहुलियत दरमा कर्जा दिन र पैसा जम्मा गर्न टाढा जानु पर्ने झमेलाबाट यस बहुउद्देश्यीय सहारी संस्था लि.ले अब गाँउमैं सुविधा दिएको संस्थाका अध्यक्ष नरेन्द्र चन्दले बताउनु भयो ।

सोही अवसरमा सुदूरपश्चिम प्रदेश भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयका राज्य मन्त्री माननीय मान बहादुर सुनारले बैतडा खोलाले बैजनाथ मन्दिर कटानगरी भत्काएको बिषयमा पनि स्थलगत अनुगमन गर्नुको साथै उक्त स्थानलाई संरक्षण गर्न पहल गर्ने र सहाकारीलाई पनि अझ सुविधा समपन्न र सबैको पहुँचमा पु¥याउन आफुले सक्दो सहायोग गर्न बताउनु भयो ।

प्रथमा साधारण सभामा बहुउद्देश्यी सहाकारी संस्थालाई सहयोग गर्ने हातहरुलाई सम्मान पनि गरिएको थियो ।संस्थाका अध्यक्ष नरेन्द्र चन्दको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी सुदुरपश्चिम प्रदेश भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयका राज्य मन्त्री माननीय मान बहादुर सुनार ज्यु रहनु भएको थियो ।

ताजा समाचार