कञ्चनपुर: नेकपा विप्लव निकट युवा संगठनले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा धर्ना दिएको छ । बुधबार युवा संगठन नेपाल कञ्चनपुरले प्रशासनको मुल गेटमा धर्ना दिएको हो । युवा संगठन कञ्चनपुरका नेता दिपेन्द्र सिह ऐरीले सरकारसग भएका तीन सहमती कार्यान्वयन नभएका कारण धर्ना दिएको बताए ।

युवा नेता ऐरीले तीन बुँदे सहमती कार्यान्वयन, राजनीतिक आस्थाका आधारमा लगाईएका झुटा मुद्दा खारेजी, बन्दीहरुको रिहाई सहित जनमत संग्रहको माग अघि सारिएको छ । कार्यक्रममा युवा संगठनका केन्द्रीय सदस्य भुवन कुँवर सहितका नेताहरुको सहभागिता रहेको थियो ।

