कञ्चनपुर:कञ्चनपुरको महेन्द्रनगरमा स्पोर्ट हाउस संचालनमा आएको छ । भीमदत्त नगरपालिका ४ महेन्द्रनगर गल्ली नम्बर २ मा महेन्द्रनगर स्पोर्ट हाउस संचालनमा आएको हो । बुधबारदेखि औपचारिक रुपमा महेन्द्रनगर स्पोर्ट हाउस संचालनमा आएको हो । एक कार्यक्रमका विच नेपाली सेनाका सहायक रथी कृष्ण कुमार जिसी र भलिबलका प्रशिक्षक जगदिश भट्टले उद्घाटन गरेका छन ।

महेन्द्रनगर स्पोर्ट आउसका संचालक प्रशान्ति देवी बम(सिह)ले स्पोर्ट सम्बन्धीका सबै समान एकै ठाँउमा उपलब्ध गराउने खेल खेलाडीलाई लक्षित गरेर स्पोर्ट हाउस संचालनमा ल्याएको बताईन । ‘खेलकुद स्वास्थ्यका लागि एकदमै महत्वपूर्ण छ, ‘उनले भनिन, ‘खेलकुद समाग्री एकै ठाँउमा उपलब्ध गराउँछौँ ।’ सुपथ र स्तरिय खेलकुद समाग्री उपलब्ध हुने उनले बताईन् । स्पोर्ट सम्बन्धीका सबै समाग्री एकै ठाँउमा पाईने भएपछि खेलाडी र खेलप्रेमीका लागि सुविधा हुने भएको छ ।

