अनाथालयमा खाद्यान्न, कपडा वितरण

कञ्चनपुर:  नेपाल बाल संगठन बाल मन्दिरले बाल अनाथालयमा कपडा वितरण गरेको छ । मंगलबार बाल संगठन बाल मन्दिरले बाल दिवसको अवसमा महाकाली अञ्चल बाल अनाथालयमा कपडा वितरण गरेको हो ।

नेपाल बाल संगठन बाल मन्दिरका सदस्य कमल रोकायाले अनाथ बालबालिकालाई खाद्यान्नका साथै फलफुल वितरण गरिएको बताए । बाल संगठनका पदाधिकारी, युवा विद्यार्थी नेता सहितको सहभागितामा रहेको थियो । बाल दिवसकै दिन खाद्यान्न तथा कपडा पाएपछि अनाथालयमा बस्ने बालबालिका हर्षित भएका छन ।

ताजा समाचार