बैतडी: महेन्द्रनगरबाट बझाङको चैनपुरतर्फ जाँदै गरेको बसमा ढुङगा खसेर लाग्दा १८ वर्षीय युवकको मृत्यु भएको छ ।

पाटन नगरपालिका-८ झ्याउलेखस्थित सडकमा महेन्द्रनगरबाट बझाङको चैनपुरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ख ११५६ नम्बरको बसमा पहिरोको कारण ढुङगा खसेर लाग्दा बसमा सवार बझाङ थलारा गाउँपालिका-५ बस्ने १८ वर्षीय अर्जुन नेपालीको मंगलबार बिहान घटनास्थलमै मृत्यु भएको छ भने अन्य ३ जना समेत घाइते भएका छन् घाइतेहरुको उद्दार गरी डडेल्धुरा अस्पतालमा उपचार भै रहेको प्रहरी कार्यालय पाटनले जनाएको छ ।

