कञ्चनपुर : कञ्चनपुरको महाकाली अस्पताल सुधारको अर्को गतिलो उदाहरण बनेको छ । रिर्फर सेन्टरको रुपमा परिणत महाकाली प्रादेशिक अस्पताल क्रमिक रुपमा सुधारोन्मुख भईरहेको छ । अस्पतालमा १ सय १७ बर्षिया बृद्धको सफल अप्रेसन भएको छ ।

बेदकोट नगरपालिका १ चम्पापुरकी १ सय १७ बर्षिया शारदा धामीको सफल सल्यक्रिया (अप्रेसन) भएको हो । धामीको ह्यिुप जोईन्ट हड्डीको सफल सल्यक्रिया भएको अस्पतालले जनाएको छ । महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी (बोक्सर)ले ले गत भदौँ पहिलो साता महाकाली अस्पतालमा भर्ना भएकी धामीको तेस्रो साता अप्रेसन चौथोसाता डिस्जार्च भएको बताए । सोमबार शारदा अस्पतालबाट डिस्चार्ज भएकी हुन ।

एक सताब्दी काटेकी जेष्ठ नागरिक बृद्धको उपचारमा महाकाली अस्पतालका एनयस्थेसिया विशेषज्ञ डा. सुरेश रानाभाट, हाडजोर्नी विशेषज्ञ इन्चार्ज दुर्गोस चौधरी, डा.राजेश जैशवाल, सन्तोष खडका सहितका चिकित्सक, मेडिकल अधिकृत सहितका स्वास्थ्यकर्मी खटिएका थिए । आफ्नी हजुर आमाको सफल सल्यकिया गरेको भन्दै शारदाका नाती जनक सिह धामीले अस्पतालप्रति आभार प्रकट गर्दै पछिल्ला दिनमा अस्पताल काफि सुधार भएको बताएका छन ।

