दोधारा चाँदनीमा कांग्रेस अधिबेसनको रौनक : सभापतीमा तिन जनाको आकांक्षा

‘यस पटक सहमती प्रणालीबाट अधिबेसन सम्पन्न गर्ने तयारीमा काग्रेंसका नेतृत्व पंक्तीहरु लागिपरेका छन् । नगरको नेतृत्व तहमा बस्नका लागी कांगे्रसका नेताहरु आ–आफ्नो कसरतमा समेत जुटेका हुन् । निकै महत्वपुर्ण तरिकाले हेरिएको दोधारा चाँदनी नगरपालिकामा ३ जना जनाले काग्रेंस नगर सभापतीमा आकाक्षा राखेको देखिन्छ् । राजेन्द्र मल्ल, दिल बहादुर सिजाली, रामकृष्ण जोशी, नाफु सिंह साँउद काग्रेंस नगर सभापती पदका सशक्त दाबेदार देखिएका छन् । केही दिन अघि मात्रै नगर सभापती पदमा सशक्तरुपमा दाबी गर्दै आएका नेता नाफु सिंह साउँद एकाएक जिल्ला कार्य समिति सदस्य पदमा आफ्नो पदमा दाबी गरेको सार्वजनिक गरेका छन् । नेता नाफु सिंह साँउद १३ औं महाधिबेसनमा थोरै मतले दोधारा चाँदनी काग्रेंसको नगर सभापती पदबाट पराजित भएका थिए । सभापती पदमा राजेन्द्र मल्ल, दिल बहादुर सिजाली, रामकृष्ण जोशीको नाउ अहिले आएर चर्चा चुलिएको हो । १३ औं महाधिबेसनमा सभापती निर्वाचित भएका डम्बर चन्द फेरि नगर सभापतीमा दोहोरिने मुडमा भने छैनन्’।
दोधारा : नेपाली कांग्रेसको १४ औं महाधिबेसनको पुर्व सन्ध्यामा दोधारा चा“दनीमा नगरमा अधिबेसनको रौनक छाएको छ । दोधारा चाँदनीमा नेपाली कांग्रेसको नगर अधिबेसनको चहलपहल तीव्र देखिएको छ् । चोक–चोक, चौतारो, चिया पसल सर्वत्र अधिवेशनकै चर्चा परिचर्चा सुनिन्छ् । नगरको नया“ नेतृत्व आउने भएपछी आफ्नै पार्टी र अन्य पार्टीलाई समेत चा“सोको विषय बनेको छ् । पदका दाबेदारहरु भेटघाट र छलफलमै ब्यस्त देखिन्छन् । नेतृत्व पंक्ती पनि नगर अधिबेसनलाई कसरी मार्यादित बनाउने भन्ने बिषयमा केन्द्रिय भएर बिभिन्न कार्यक्रम अघि बढाउदै आएका छन् । आउदो ९ गते नगर अधिवेशनको मिति नजिकिदै गर्दा नेतृत्वका लागी समेत रस्सा कस्सी बढेको छ् । नगर सभापती लगाएत विभिन्न पदका प्रत्यासीहरु उम्मेदवार घोषणा गर्दै आफ्नो पक्षमा माहोल मिलाउन दौडधुपमा छन् । सामाजिक संजाल (फेसबुक) नगर अधिबेसनमा पुर्वसन्ध्यामा रंगिएको छ् । कांग्रेसका क्रियाशिल सदस्यमा रौनकता देखिन्छ् । उनिहरु सहमतीबाटनै नेतृत्व छान्न नेतृत्व पंक्तीलाई दबाब दिईरहेका छन् ।

वडा अधिवेशन सम्पन्न भए संगै नगर अधिवेशनको माहोल थप तातिएको हो । हालै वडाको अधिबेसन सम्पन्न भए संगै दोधारा चा“दनी नगरपालिकामा नगर तथा अन्य तहका अधिबेसनको रौनक छाएको हो । दोधारा चाँदनी नगरपालिकाको वडा नं. १ बाहेक अन्य वडा अधिबेसन सहमतीका साथ सम्पन्न भए संगै नगर अधिबेसनको तयारीका लागी नेताहरु जुटेका छन् । यस पटक सहमती प्रणालीबाट अधिबेसन सम्पन्न गर्ने तयारीमा काग्रेंसका नेतृत्व पंक्तीहरु लागिपरेका छन् । नगरको नेतृत्व तहमा बस्नका लागी कांगे्रसका नेताहरु आ–आफ्नो कसरतमा समेत जुटेका हुन् । निकै महत्वपुर्ण तरिकाले हेरिएको दोधारा चा“दनी नगरपालिकामा ३ जना जनाले काग्रेंस नगर सभापतीमा आकाक्षा राखेको देखिन्छ् । राजेन्द्र मल्ल, दिल बहादुर सिजाली, रामकृष्ण जोशी, नाफु सिंह सा“उद काग्रेंस नगर सभापती पदका सशक्त दाबेदार देखिएका छन् । केही दिन अघि मात्रै नगर सभापती पदमा सशक्तरुपमा दाबी गर्दै आएका नेता नाफु सिंह साँउद एकाएक जिल्ला कार्य समिति सदस्य पदमा आफ्नो पदमा दाबी गरेको सार्वजनिक गरेका छन् । नेता नाफु सिंह साँउद १३ औं महाधिबेसनमा थोरै मतले दोधारा चाँदनी काग्रेंसको नगर सभापती पदबाट पराजित भएका थिए । सभापती पदमा राजेन्द्र मल्ल, दिल बहादुर सिजाली, रामकृष्ण जोशीको नाउ अहिले आएर चर्चा चुलिएको हो ।

१३ औं महाधिबेसनमा सभापती निर्वाचित भएका डम्बर चन्द फेरि नगर सभापतीमा दोहोरिने मुडमा भने छैनन् । नेता चन्द जिल्ला कार्य समिति सदस्यको दाबी गरेका छन् । राजेन्द्र मल्ल, दिल बहादुर सिजाली र रामकृष्ण जोशीले नगर सभापती पदको लागी आफुहरु सर्बसम्मत रुपमा हुनका लागी आफ्नो लबिङ्ग समेत गरिरहेका छन् । सभापती पदका आकांक्षी राजेन्द्र मल्ल १३ औं महाधिबेसनमा दोधारा चाँदनी काग्रेंस नगर कार्यसमितिका सचिव पदमा निर्वाचित भएका हुन् । उनी नेपाली रेडक्रस सोसाईटी दोधारा उपशाखाका सभापती समेत रहेका ब्यक्ती हुन् । कांग्रेस नगर समितिका सचिव मल्लले सभापतिमा उम्मेदवारी घोषणा गरी चुनावी प्रचारमा व्यस्त छन् । उनले फेसबुकबाट पनि नगर सभापतिको प्रचार गरिरहेका छन् । कोरोना महामारी संक्रमणमा उनले विपन्न परिवारका लागि सहयोग संकलन गरेका थिए । सभापतकिा उम्मेदवार मल्लले कांग्रेसका गुट उपगुट अन्त्य गर्ने घोषणा गरेका छन् । ‘दोधारा चाँदनी नगर क्षेत्रमा काग्रेंसलाई पूर्ण लोकतान्त्रिक नेता कार्यकर्ता र जनताको लोकप्रिय पार्टी बनाउछु’ उनले भने । यस्तै दिल बहादुर सिजाली दोधारा चाँदनी नगरपालिका वडा नं. ६ का निर्वाचित वडाध्यक्ष तथा नगर प्रबक्ता समेत रहेका छन् । बिभिन्न गैरसरकारी संस्था तथा बैंकहरुमा काम गरिसकेका एक सशक्त नेता सिजाली यस पटक सुरु देखिनै नगर सभापती पदका दाबेदार रहदै आएका छन् । अर्का सभापतीको लागी आकांक्षी रहेको रामकृष्ण जोशी काग्रेंसका पुराना नेता मानिन्छन् । नेबिसंघ हुदै काग्रेंसमा जोडिएका नेता जोशी नेशनल ट्रेनिङ लिमिटेड कञ्चनपुर र कैलालीका प्रमुख पदमा रहेका तथा नेशनल ट्रेनिङ लिमिटेड युनियनको केन्द्रिय सदस्यमा रहेर कार्य गरेका काग्रेंसका गतिला नेता मानिन्छन् ।

केही बर्ष देखि नेपाली कांग्रेसको राजनितीमा सकृय रहेका उनि नगर सभापतीको सबै आकाक्षी भन्दा पाका भएपनि अबको नेतृत्व युवाको हुनु पर्छ भन्ने मान्यतामा छन् । सबै सभापती पदका आकांक्षीहरुले सहमती प्रणालीबाट नगर कार्यसमिति गठन हुनु पर्ने बताउदै आएका छन् । यस्तै नगर उपसभापती पदका आकांक्षा देखिएका मध्य डम्मर राना, कर्ण बहादुर सिंह, अर्जुन दत्त भट्ट, केशरी देबि सुनार रहेका छन् । सचिव पदका लागी कुशाल सिंह भण्डारी, महेन्द्र बिष्ट र रमेश भण्डारी रहेको सार्वजनिक भएको छ् । यस्तै सह–सचिव पदका दाबी गर्नेमा कमला उपाध्याय्, रामचन्द्र थापा मगर, मुक्तीनाथ पुन मगर, कुशाल सिंह साँउद र देबेन्द्र सिंह नायक अझ सम्मा देखिएका छन् । सहमतीका आधारमा नेतृत्व चयन गर्ने लबिङमा नेतृत्व पंक्ती रहेको छ् । यता नगर सभापतीका लागी आकाक्षा राख्नेहरुलाई सहमतीको प्रयास भने जारी रहेको नेता बेल बहादुर राना बताउछन । ‘नगर सभापती पदमा मात्रै नभई सबैमा सहमतीनै गरि अधिबेसन गर्ने तयारीमा हामी जुटेका छौं’ नेता बेल बहादुर रानाले भने । नगर अधिबेसन पदमा आकांक्षी देखिएका नेताहरुलाई सहमतीमा ल्याउने कार्यमा हामी जुटेका छौं’ नेता बेल बहादुर रानाले भने । सहमतीका लागी प्रयास भई रहेको र नगर जिल्ला र क्षेत्रका सबै तहहरुमा सहमतीबाटै नेतृत्व चयन गर्न आफु लागी परेको नेपाली काग्रेसका नेता रानाको भनाई रहको छ् ।

ताजा समाचार