महेन्द्रनगर : नेपाली काँग्रेसले आशन्न महाधिवेशनको तयारी स्वरुप आगामी भदौ १० गते जिल्ला अधिबेसन सम्पन्न गर्दैछ । नेपाली कांग्रेस जिल्ला अधिबेसनबाट जिल्ला पदाधिकारीमा दोधारा चादँनीको प्रतिनिधित्व गराउन लामो समयदेखि नेपाली कांग्रेसको राजनितिमा सकिृय बुद्धिजिवी नेता नाफु सिंह साउँद जिल्ला पदाधिकारीको उम्मेवार हुने भएका छन । नेपाली काँग्रेसको कञ्चनपुर जिल्ला पदाधीकारीमा अहिलेसम्म दोधारा चाँदनीबाट प्रतिनिधित्व नभएकाले जिल्ला पदाधिकारीमा दोधारा चाँदनी नगरपालिकाको प्रतिनिधित्वकालागि उमेदवारी दिने नेता साउदले बताए ।

२०४६ सालमा नेपाल विद्यार्थी संघको सदस्यता लिएका साउँद आफु लामो समयदेखि नेपाली कांग्रेसको राजनितिमा लागेकोले पनि जिल्ला पदाधिकारीको तयारीमा जुटेका हुन । २२ बर्ष लामो शैक्षिक क्षेत्रमा सेवा गर्दै जनताका मन र हृदयमा बस्न सफल एक मात्र दोधारा चादनीका ईमान्दार बुद्धिजिवी नेता हुन । २२ बर्षको लामो समयावधि शैक्षिक पेशामा सकृय भएता पनि पार्टीले दिएको जिम्मेवारी बेलाबखत राम्रो संग निभाएको अनुभव बुद्धिजिवी नेता साउँदसंग छ । २०४६ सालमा सिद्धनाथ विज्ञान क्याम्पसको विद्यार्थी संघको एकाई कमिटिदेखि नेपाली कांग्रेसको राजनितिमा ईन्ट्रि मारेका बुद्धिजिवि नेता साउँद विभिन्न संघ संस्थाको नेतृत्व गर्दै नेपाल शिक्षक संघको जिल्ला कमिटि, जिल्ला सचिवको जिम्मेवारी कुसलतापुर्वक सम्हालिसकेका छन । हाल उहाँ नेपाल शिक्षक संघको जिल्ला उपाध्यक्षको जिम्मेवारी संगसंगै नेपाल प्रजातान्त्रीक महासंघको सुदूरपश्चिम प्रदेश महासचिव जस्तो गरिमामय पदको जिम्मेवारी निर्वाह गर्दै आइरहनु भएको छ । दोधारा चादनी नगरपालिकाबासिका भरोसाका केन्द्रविन्दु क्रमिकरुपमा राजनितिक कदम चाल्दै यस पटक जिल्ला पदाधिकारीको यात्रा तय गर्ने तयारीमा जुटेका हुन ।

साथिभाई तथा पार्टी नेता कार्यकर्ताको उत्प्रेरणाले जिल्ला पदाधिकारीको यात्रा तय गरेका उहाँ भेटघाटमा व्यस्त रहेका छन । काँग्रेसको विभिन्न आन्दोलनमा अग्रमोर्चामा रहेर काम गरेका बुद्धिजिवी नेता साउदले सिद्धनाथ विज्ञान क्याम्पस बाट वि.एस्सी र सस्कृत विश्वविद्यालयबाट वि.एड. उर्तिण गरेका हुन । साउँद पुर्व शिक्षक, समाजसेवि मात्र नभएर युवा उद्यमी समेत हुन । शिक्षकका नेता साउँदले शिक्षकको हकहितकोलागि कञ्चनपुर जिल्लादेखि प्रदेशस्तरका मुद्दा उठान गर्दै आएका छन । युवा पिँढीका ढुकढुकी साउँदले राष्ट्रियताका विषयमा समेत आवाज उठाउँदै आएका छन । बुद्धिजिवी नेता साउँदले जिल्ला पदाधिकारीमा निर्वाचित भएसंगै समग्र जिल्लाको विकास एव जनताको हितमा काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन । आफु जिल्ला पदाधिकारीमा निर्वाचित भए महाधिबेसन सकिएकै दिनदेखि गुटको अन्त्यगरी पार्टीलाई एक ढिक्का बनाएर लैजान पहल गर्ने बुद्धिजिवि नेता साउदले बताए । अहिलेसम्म दोधारा–चादनी नगरपालिकाबाट नेपाली कांग्रेसको जिल्ला कार्य समितिको पदाधिकारीमा प्रतिनिधित्व भएको छैन ।

