महेन्द्रनगर बजारमा अर्गानिक जुस तथा स्नेक सेन्टर सञ्चालनमा


मनोज राज भट्ट/ महेन्द्रनगर : विगत आठ बर्षसम्म व्यङ्लोरको कुमार स्वामी लेआउटमा वि.कम अध्ययनसँगै फाईनान्सियल कम्पनीमा काम गर्दै आएका महेन्द्रगरका युवा नव उद्यममा लागेका छन । भीमदत्त नगरपालिका–१८ का जयन्त चन्दले आफुले भारतको व्यङ्लोमा पढाईको शिलशिलामा कमाएको रु ५ लाख रकमलाई “स्टप ‘एन’ जोय” नामक जुस तथा सेक, स्नेकसम्बन्धी पेय पदार्थको नव उद्यममा लगानी गरेका हुन । आफुमा भएको ज्ञान सिप क्षमता प्रयोग गरी आफ्नै जन्मभुमिमा जति आम्दानी भएता पनि आफ्नै देशमा लगानी गरी केहि गर्नु पर्छ उद्देश्यले ‘स्टप एनजोय’ लाई सञ्चालनमा ल्याएको संञ्चालक चन्दले बताए ।

महेन्द्रनगर बजारमा अहिलेसम्म छुट्टै किसिमको पेय पदार्थ पाईने पसल छैन । ‘जति आम्दानी भएता पनि आफ्नै देशमा लगानी गरी आफुमा भएको ज्ञान सिप क्षमतालाई आफ्नै जन्मभूमिमा केहि गर्नुपर्छ भनेर स्टप एन जोय लाई संञ्चालनमा ल्याएको हुँ,’ संञ्चालक चन्दले भने ‘काम सानोठूलो हुदैन, सानोबाटै ठूलो व्यवसायको सुरुवात हुन्छ ।’ ‘स्टप एनजोय’ यहि भाद्र २० गतेदेखि संञ्चालनमा आएको भएता पनि आज मात्र औपचारीक समुद्धघाटन गरीएको संञ्चालक चन्दले बताए ।

‘स्टप एनजोय’ मा दुई जना स्थानिय युवाहरुले रोजगारी पनि पाएका छन । प्राय जसो बजारमा पाईने जुसहरु केमिकलयुक्त हुने भएकाले उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै आफुले अर्गानिक जुसमात्रै उत्पादन गर्ने संञ्चालक चन्दले बताए । संञ्चालक चन्दका अनुसार स्टप एन जोयमा उपभोक्ताहरुले जुसका साथै स्नेकका परिकारहरु (मःम, पिजा, बर्गरलगायत) को स्वाद लिन सक्नेछन । महेन्द्रनगरबजार एरियालगाायत स्टप एनजोयको १० किलोमिटर आसपासका क्षेत्रसम्म निशुल्क होम डेलिभरीको सुविधा पनि रहेको संञ्चालनक चन्दले बताए ।


Loading Viewer...

ताजा समाचार

spot_img