क्ञ्चनपुर : नेकपा माओवादी केन्द्र निकट वाईसियल कृष्णपुर नगरपालिका ६को अध्यक्षमा मान बहादुर चौधरी चयन भएका छन । वाईसियल कृष्णपुर नगरपालिका ६को वडा भेलाले चौधरीलाई अध्यक्षमा चयन गरेको हो । उपाध्यक्ष दिनेश चौधरी, सचिव रमेश विष्ट, कोषाध्यक्ष कृष्णी चौधरी, सहसचिव सिता चौधरी,कष्ण चौधरी, लेखा आयोग प्रमुख प्रकास मण्डेल, अनुशासन आयोग प्रमुख राजेश चौधरी चयन भएका छन ।

वाईसियल कृष्णपुर नगरका संयोजक अम्मर बहादुर बुढाको अध्यक्षतामा भएको कार्यक्रमको नेकपा माओवादी केन्द्र कञ्चनपुरका जिल्ला इन्चार्ज देवीलाल चौधरीको प्रमुख आथित्यका भएको कार्यक्रममा माओवादी केन्द्रका नेता अमिन प्रशाद दहित, कमल क्षेत्री, खेम पाण्डे, विपिन चौधरी, जगदिश मल्ल, पुनाराम चौधरी, जित बहादुर चौधरी सहितका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । हरेक निर्वाचन क्षेत्रमा हजार वाईसियल नेता कार्यकर्तालाई सदस्यता वितरण गर्ने योजना अनुरुप कञ्चनपुरमा समेत वाईसियलको सदस्यता वितरण कार्यक्रम तिव्र रुपमा चलिरहेको छ ।







