कञ्चनपुर : महाकाली पुल आयोजनासंग जमिन उपभोग गरे बाफतको मुआब्जा माग्नका लागि स्थानीयले संघर्ष समिति गठन गरेका छन । दर्तावाला जमिनमा स्पर संरचना बनाएको भन्दै मुआब्जाका लागि स्थानीयले संघर्ष समिति गठन गरेका हुन । स्थानीले मुआब्जाका लागि संघर्ष समिति गठन गरेका छन ।

पीडित धनन्यज जोशीको संयोजकत्वमा संघर्ष समिति गठन गरेका छन । सह सयोजक चन्द्र बहादुर सुनार, सदस्य हरिकृष्ण भट्ट, परमानन्द जोशी, किसन सुनार, परमानन्द जोशी, हिरादेवी जोशी, गोर्बद्धन खडका र कपिल भट्ट रहेका छन । सल्लाहकार संयोजकमा गगन बहादुर सुनार सदस्य दिपेन्द्र सिह ऐरी र कोर्षादेवी पन्त रहेका छन । मुआब्जा पुन निर्धारण सघर्ष समितिका संयोजक धनन्यज जोशीले लालपुर्जावाला जमिन उपभोग गर्दा समेत ठेकेदार कम्पनी र आयोजनाले पीडितलाई क्षतिपूर्ति दिनका लागि माग अघि सारिने बताए ।







