पार्टी विरोधी गतिविधिमा संलग्न सुदूरपश्चिमका पाँच नेता राजमोबाट निष्कासित


भीमराज जोशी / कन्चनपुर : राष्ट्रिय जनमोर्चाले पार्टी विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा सुदूरपश्चिमका पाँच नेतालाई कारबाही गरेको छ । उनीहरूलाई पार्टीका सबै जिम्मेवारीबाट हटाउनुका साथै साधारण सदस्यता समेत नरहने गरी अनिश्चितकालका लागि निष्कासित गरिएको राजमोले जनाएको छ ।

निष्कासित हुनेमा केन्द्रीय सदस्य लालबहादुर जाग्री, केन्द्रीय सल्लाहकार लोकेन्द्र लम्साल, केन्द्रीय पार्षदहरू लक्षीराम आचार्य (कैलाली), केशवनाथ योगी (डोटी) र गोविन्द विक (कञ्चनपुर) लाई कारबाही गरेको राजमो सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष नन्दराज भट्टद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । राष्ट्रिय जनमोर्चाले फुटपरस्त गतिविधिमा संलग्न रहेको भन्दै ती पाँच नेतालाई कारबाही गरिएको स्पष्ट पारेको हो ।

यही भदौ ८ र ९ गते सुदूरपश्चिममा राष्ट्रिय जनमोर्चाको नाममा केही व्यक्तिहरुले भेला गरी समानान्तर समिति बनाएका थिए । सो कार्यमा संलग्नलाई कारबाही गर्नुका साथै राजमोले भ्रमबस पार्टी विरोधी समूहमा सामेल नेता कार्यकर्ताहरुलाई पार्टीमा फर्कन पनि आग्रह गरेको छ ।

No description available.

 


Loading Viewer...

ताजा समाचार

spot_img