एमसिसिको विरुद्धमा विप्लव निकट युवा संगठनको विरोध प्रदर्शन


गणेश एसके /कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगरमा सरकारले गरेको आर्थिक अनियमितता, बेरुजु भ्रष्टाचार र राष्ट्रघाती सम्झौता एमसिसिको विरुद्धमा विप्लव निकट युवा संगठनको विरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ । वर्तमान राज्य व्यवस्था नै परिवर्तन गरी वैज्ञानिक समाजवाद स्थापनाको लागि संघर्षमा रहेको सो नेपाल कम्युनिस्ट पार्टी अहिले राष्ट्र राष्ट्रियता र जनताको हितको पक्षमा आफ्ना क्रियाकलाप अघि बढाएको देखिन्छ ।

आजको उक्त विरोध प्रदर्शन को कोण सभालाई सम्बोधन गर्दै नेकपा कञ्चनपुर जिल्ला सचिव रमेश परियारले यो दलाल संसदीय व्यवस्थाले देशमा गरीब, पीडित,निमुखा सर्वहारा वर्गको हित विपरितको काममा अग्रसर रहेकाे बताएका छन । यो दलाल पूँजीवादको असफलताको कारण आज देशमा अनेकौं किसिमका समस्या र जटिलता उत्पन्न भएको उहाँ बताउँछन् । सरकारको आर्थिक अनियमितता, बेरुजु, भ्रष्टाचार र एमसिसि सम्झौता जस्ता जनताको हित विपरितको क्रियाकलापमा दृढता पूर्वक हाम्रो पार्टीले संघर्ष गर्ने बताउँदै हामीले वैज्ञानिक समाजवाद स्थापना गरी जनताको मुक्ति दिन चाहेको र यो समाजवादी आन्दोलन मा हातेमालो गर्न सम्पूर्ण न्याप्रेमी जनसमुदायमा आग्रह पनि गरेका छन ।

उक्त कार्यक्रम का वक्ताहरु समाजवादी राष्ट्रिय मञ्च नेपाल का केन्द्रीय अध्यक्ष डिटी पाण्डे , युवा संगठन नेपाल सेती माहाकाली कार्यलय सचिव मनमोहन जोशी, ग्रेटर नेपाल का केन्द्रीय उपाध्यक्ष गजेन्द्र पाण्डे, अखिल क्रान्तिकारी कञ्चनपुर संयोजक एसके लगायतले आफ्ना मन्तव्य राखेका थिए । सो प्रदर्शन कार्यक्रम युवा संगठन नेपाल कञ्चनपुरका अध्यक्ष वीरेन्द्र जोशी ले सञ्चालन गरेका थिए । उक्त विरोध र्याली नेकपा को पार्टी कार्यालय बाट सुरु भयो ट्राफिक चोक हुँदै मदन चोक भेटघाट चौतारीमा गएर कोण सभामा परिणत भएको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img