कटानि क्षेत्रमा राष्ट्रिय राष्ट्रिय जनमोर्चाका नेताद्वारा अनुगमन


कञ्चनपुर : कटानि क्षेत्रमा राष्ट्रिय राष्ट्रिय जनमोर्चा प्रदेश समिति अध्यक्ष लोकेन्द्र लम्साल लगायत अखिल छैठौं महासचिब महेश राज जोशी, जिल्ला अध्यक्ष महेश भट्ट,जिल्ला सचिव पुष्कर भट्ट राजमो नेता असोक बोहरा, पार्वति विष्टले आज भिनपा ८ र १० को सिमा रहेको गज्जर खोला ले नदि कटान गरि पुर्याएको क्षति बारे स्थलगत अनुगमन गर्नु भएको छ ।

स्थलगत अनुगमन को क्रममा वडामा असमान विकास भएको नेता लम्साल ले बताउनु भयो कार्यक्रममा बोल्दै नेता लम्साल ले भन्नुभयो अब यस्तो विकास को चिरफार गरि समता विकास मा जोड दिन सम्बन्धित निकाय लाइ दबाब दिने बताउनुभयो। भने पिडित जनताले को आवाज उठाउन बाट अब सरकारले रोक्न नसक्ने कुरा अखिल छैठौं महासचिब महेश राज जोशी ले बताउनु भयो।

कार्यक्रम मा हामो माग पुरा गर्न माग गर्न संघर्ष गर्दा सार्वजनिक मुद्दा लगाइदिने भन्दै डराउने गरेको स्थानिय नरेश श्रेष्ठ र चन्द बोहरा ले जानकारी दिनु भयो दुइ खोला को बिचमा रहेको बस्ती भएको ले आकास मा बादल देख्दा राति निद्रा नलाग्ने र रातभर जागेर बस्नुपर्ने स्थानिय ले दुखेसो पोख्नु भयो। दुबै तिर बाट जमिन कटान गर्दा समेत सरकार मुखदर्शक भएर बसेको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img