रोकिएन भारतीय एसएसबीको ज्यादती

जिउँदा मानिसलाई मृत्युको मुखमा पु¥याउँनेदेखि मृतकको सदगत गर्न अवरोध


कञ्चनपुर : भारतीय अर्ध सैनिक सीमा सुरक्षा बल (एसएसबी)ले नेपाल र नेपाली नागरिकमाथि जहिले ज्यादती गरिरहेको छ । छिमेकी भएर मुलुक भारतले एसएसबी मार्फत नेपालमाथि दुस्मनको जस्तो व्यवहारले नेपाली नागरिक हैरान भएका छन । गत १५ साउनमा दार्चुला स्थित महाकाली नदीमा तुईन तर्ने क्रममा तुईन काटेर नेपाली नागरिक जयसिह धामी वेपत्ता बनाएका एसएसबीले फेरी कञ्चनपुरमा एक मृतक नेपाली नागरिकको सदगत गर्न अवरोध गरेको छ । भीमदत्त नगरपालिका १० जिमुवाका लाल गिरीको सदगतका लागि भारतीय सीमा सुरक्षा बल(एसएसबी)ले सतगत गर्न अवरोध गरेको हो ।

भीमदत्त नगरपालिका ९ रिगौना सतगत स्थलमा एसएसबीका जवान आएर यस क्षेत्रका सदगत गर्न पाईदैन भनेर अवरोध गरेका थिए । नेकपा विप्लव भीमदत्त नगरका सचिव तथा स्थानीय युवा दिपेन्द्र सिह ऐरीले मृत्यु भएका नेपाली नागरिकको समेत भारतीय एसएसबीले सदगतमा अवरोध गरेको बताए । ‘नेपाली ज्यूउँदा हुुँदा पनि समस्या मृत्यु हुँदा समेत भारतीय पक्षबाट समस्या खडा गरियो, ‘उनले भने, ‘हेपाहको सीमा नाध्यो, सरकारले यस्ता घटनामा गम्भिर हुनुपर्छ ।’ सो क्षेत्रमा नाथगिरी, पुरी भारती समुदायले सतगद गर्दै आएका छन ।

सदगत गरेर बर्षदिनपछि समादी बनाउने भएकाले भारतीय पक्षबाट कञ्चनपुरको सीमा क्षेत्रमा हस्तक्षेप मात्र नभई नेपालीको धर्म सस्कृतिमा समेत अवरोध पु¥याउने गैर समाजिक काम गरेको स्थानीय बताउँछन । भीमदत्त नगरपालिका ९ का वडाध्यक्ष राम नाथले सतगत कार्यमा समेत भारतीय एसएसबीको अवरोध कार्य निन्दनिय भएको बताए । ‘आफ्नै भूमिमा समेत सदगत गर्दा छिमेकी भारतीय पक्षबाट अवरोध कार्य गलत हो, ‘उनले भने, ‘अव उपरान्त यस्ता विषयमा भारतीय पक्ष जिम्मेबार हुनुपर्छ ।’


Loading Viewer...

ताजा समाचार

spot_img