कृष्णपुर: नेपाली काँग्रेसको आशन्न १४ औँ महाधिवेशनका लागि शुक्रबार देशभर वडा सम्मेलन भए । कहि सहमती कतै निर्वाचन भए, कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ९ वडाहरुमा देउवा पक्षको बर्चस्वमा वडा समिति, क्षेत्रीय प्रतिनिधिी सहमती तथा चुनावबाट चयन भएका छन । सबै वडाहरुमा देउपा पक्षको बर्चस्व रहेको नेताहरुले बताएका छन ।

नेपाली काँग्रेस कञ्चनपुरका जिल्ला सदस्य समेत रहेका कृष्णपुर नगरपालिका ५ बाट क्षेत्रीय प्रतिनिधीमा निर्वाचित दिल बहादुर देउवाले नगरका कुल ९ वडा मध्ये केहीमा सहमती केही वडाहरुमा चुनावबाट नेतृत्व टुङग्याईएको बताए । ‘सहमती र चुनाव दुवै प्रकृयाबाट वडा सभापति, वडा समिति, क्षेत्रीय प्रतिनिधी छनौट गरेका छौँ, ‘उनले भने, ‘जहाँ चुनाव भयो, त्यहाँपनि सौहार्दपूर्ण रुपमा सम्पन्न भएका छन ।’

नेता देउवाका अनुसार कृष्णपुर नगरपालिका १ बालकृष्ण खनाल २ रमेश भाट, ३ ईश्वार खाती ४ दुलुप सिह भण्डारी ५ सुरेन्द्र बोहरा, ६ देवराम ओड, ७ हरिसिह गैराल, ८ अमर विष्ट र ९ कैलाश बलायर चयन भएका छन ।







